ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गर्नुभएको छ । फ्लोरिडाको पाल्म बिचमा सोमबार उहाँले कार्यालय स्थापना गर्नुभएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
“पूर्व राष्ट्रपतिको कार्यालयबाट उहाँले पूर्व राष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरु सञ्चालन हुनेछ,” उहाँका सहयोगीहरुले भनेका छन् । सो कार्यालयबाट पत्र तथा वक्तव्यहरु आदान प्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायतका कार्यहरु हुने पनि उहाँका सहयोगीहरुले जनाएका छन् ।

त्यसै गरी ट्रम्पको कार्यकालमा भए गरेका कामहरुको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने कार्यमा पनि यस कार्यालयबाट गतिविधिहरु हुने जनाइएको छ । नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेका कामहरुप्रति टिप्पणी गर्ने र त्यसका विरुद्धमा जनमत आफ्नो पक्षमा पारिरहने रणनीति पनि यस कार्यालयले अपनाउने अनुमान गरिएको छ ।
“राष्ट्रपति ट्रम्प सधैँ अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उहाँलाई आफ्नो अभिभावक मानेका छन्,” उहाँको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । उहाँको कार्यालयको नामलाई आधार मान्दा उहाँ सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवार बन्नु हुने छैन भनेर भन्न नसकिने टिप्पणी गरिएको छ । तर उहाँ र उहाँका सल्लाहकार तथा सहयोगीहरुले भने यस बारेमा स्पष्ट पारेका छैनन् ।
यही जनवरी २० तारिखमा राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि पूर्व राष्ट्रपति ट्रम्प सोमबारसम्म मौन रहनु भएको थियो । सामाजिक सञ्जाल ट्वीटरले समेत उहाँको ट्वीटर खाता खारेज गरिदिएकाले पनि उहाँलाई सार्वजनिक रुपमा टिकाटिप्पणी गर्ने माध्यमको अभाव भएको थियो ।
अमेरिकी संसदमा भएको पछिल्लो हिंसात्मक घटनाको प्रशंसा गर्दै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेपछि ट्वीटरले उहाँको खाता खारेज गरिदिएको हो । अनेक विवादका बीच आफ्ना प्रतिस्पर्धी बाइडेनको जितलाई समेत अस्वीकार गर्दै उहाँलाई बधाइ नदिइ ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिनु भएको थियो । ह्वाइट हाउस छोडेपनि उहाँले पूर्व राष्ट्रपतिको रुपमा सक्रिय र हस्तक्षेपकारी भूमिका भने खेलिरहनु हुने देखिएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने
- यौन दुव्र्यवहारको आरोप लागेका भारतका एक मन्त्रीद्वारा राजीनामा
- हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता लिए : बस्नेत
- प्रधानमन्त्री ओलीद्वारा नेपाली सेनाको उच्च प्रशंसा
- भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप
- समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’
- प्रधानमन्त्रीले राजीनामा नदिएकोमा प्रचण्ड-नेपालको आक्रोश, निर्वाचन आयोगलाई पत्र लेख्ने
- देउवा सरकार चलाउने जिम्मेवारी आए पछि नहट्ने, नेता पौडेल प्रतिपक्षमै बस्न रुचाउने
- मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने
- यसरी बढ्यो फेवातालको क्षेत्रफल दुई हजार पाँचसय रोपनी क्षेत्रफल
- खोप लगाएपछि सभामुख सापकोटाको सुझाव- निर्धक्क भएर लगाउनुस्
- इराकस्थित अमेरिकी सैनिक अखडामा १० वटा क्षेप्यास्त्र प्रहार
- जहाँका महिला डोको–डालो बनाएरै आम्दानी गर्दै घर चलाउँछन्
- प्रचण्ड, सभामुख सापकोटा लगायत सांसदहरुलाई कोरोना बिरुद्धको खोप
- नारी दिवसको अवसरमा रमाइलो खेल : श्रीमतीले श्रीमान् बोकेर दौडिने
- सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख
- राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
- सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने अध्यक्ष नेपालको प्रतिबद्धता
- फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा : मापदण्ड कायम गर्न निर्देशन
- क्रसर उद्योगीको मनोमानी, रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


