शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

  • शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने
  • शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने
  • शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने
  • शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने
  • शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने
  • शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

24 June, 2019 23:50 | विश्व समाचार | comments | 12750 Views

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लाग्नु भएको छ । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ ।

adsads

ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लाग्नु भएको बताउनु भएको छ । सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्न हुने जनाइएको छ ।

यस भेटवार्ताको क्रममा दुई देशबीच अझै गहिरो सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निसश्त्रिकरणको विषयमा छलफल हुने प्रवक्ताले जानकारी दिनु भएको छ । मुन र ट्रम्पकोबीच तीन महिना भन्दा पनि कम समयमा पुनः भेटवार्ता हुन लागेको बताइएको छ । यसअघि गत अप्रिलमा यी दुई नेताबीच भेटवार्ता भएको थियो ।

ट्रम्पले सन् २०१७ को नोभेम्बरमा दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्नु भएको थियो । दक्षिण कोरियाको भ्रमण गर्नुअघि जापानको ओसाकामा हुने जि२० सम्मेलनमा शुक्रबार र शनिबार ट्रम्पले सहभागीता जनाउनु हुने जनाइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको निमन्त्रणामा ट्रम्पको यो भ्रमण हुने लागेको ब्लु हाउसका प्रवक्ताले जानकारी दिनु भएको छ ।

कोरियाली प्रायःद्वीपको विषयमा मुन र ट्रम्पबीच वार्ता हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बिपी कोइराला

फेसबुक

बिपी कोइराला

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!