ट्राफिकलाई ठाउँ ठाउँमा उभ्याउन गाह्रो छ : प्रदेश नं १ ट्राफिक प्रमुख एसपी दाहाल
ट्राफिक प्रहरी कार्यालय प्रदेश १ मा प्रविधिको उपयोग गरेर सवारी साधनको अनुगमन गर्नुपर्ने प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताएका छन् । सोमबार ट्राफिक प्रहरी प्रदेश १ को कार्यालय इटहरीमा यहाँका सञ्चारकर्मीसँग परिचयात्मक भेटमा दाहालले ट्राफिक प्रहरीले प्रविधिको माध्यमबाट सवारी अनुगमन गर्नुपर्ने बताएका हुन् ।
उनले भने,‘ट्राफिक प्रहरी ठाउँ–ठाउँमा उभ्याउन गाह्रो छ, सीमित स्रोत साधन भएपनि हामी काम गरिरहेका छौँ ।’ ट्राफिक प्रहरीको संख्या बढाएर मात्रै नहुने बताउँदै दाहालले टेक्नोलोजीको माध्यमबाट काम गर्नु आवश्यक देखिएको बताए ।
उनले सवारी साधनको गति कुन स्पीडमा छ भन्ने कुरा ट्राफिक प्रहरीले देख्न नसक्ने र राडार गनको प्रयोग गर्नुपर्नेमा जोडदिए । ‘अहिले प्रदेश १ मा व्यापक रुपमा पार्किङको समस्या रहेको छ,’ उनले भने, ‘इटहरी, धरान, बिराटनगर, बिर्तामोड, दमकमा पार्किङको ज्यादै समस्या छ, यो बिषयमा हामी स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने तयारीमा छौँ ।’ सडकमा हाट बजार लाग्ने कुरामा पनि उनले यसलाई हटाउने बताए । ‘सडक भनेको सवारी आवागमन हुने ठाउँ हो, हाट लगाउन हैन,’उनले भने ।
स्थानीय सरकारको स्वीकृतिमा केही शुल्क व्यापारीले दिने बित्तिकै सडकमा हाट लगाउन नपाउने बताउँदै उनले राजमार्गमा हाट लगाउँदा अपराधिक क्रियाकलाप बढ्ने बताए । ‘व्यापारीले पनि सुरक्षित स्थानमा व्यापार गर्नुपर्छ, राजमार्गमा असुरक्षा हुन्छ,’ उनले भने, ‘व्यापारी र यात्रुलाई मात्रै नभई अन्य मानिसहरुलाई पनि राजमार्गमा हाट लगाउँदा समस्या हुने गरेको छ ।’
प्रदेश १ मा ३ सय ५० जना ट्राफिक प्रहरी छन् । सवारी चाप अत्यधिक बढेको र सडक क्षेत्र पनि बिस्तार हुँदै गएको छ । तर, त्यसको अनुपातमा भने ट्राफिक प्रहरीको संख्या बढ्न नसक्दा व्यवस्थापनमा समस्या भएको एसपी दाहालले बताए । प्रदेश १ मा गत बर्ष भन्दा यो बर्ष सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या घटेको छ । ट्राफिक प्रहरी कार्यालय प्रदेश १ को तथ्याङ्क अनुसार प्रदेश १ मा गत बर्ष १ हजार २ सय ७१ वटा सवारी दुर्घटना भएको थियो । जसमध्ये ४ सय २४ जनाको ज्यान गएको थियो ।
तर, यो बर्ष भने दुर्घटनाको संख्या बढेको भएपनि ज्यान जानेको संख्यामा कमी भएको छ । यो आर्थिक बर्षको ११ महिनाको अवधिमा प्रदेश १ मा १ हजार ६ सय सवारी दुर्घटना हुँदा ३ सय ६ जनाको ज्यान गएको छ । आगामी दिनमा दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक प्रहरीले उल्लेख्य भूमिका खेल्ने प्रहरीले योजना बनाएको छ ।
साभार – कपुरी न्युज
ट्राफिक व्यवस्थापनका लागि कामपाले शुरु गर्यो ‘स्मार्ट पार्किङ’
तपाईंको प्रतिकृया
ताजा समाचार
- साग सकियो- विदेशी खेलाडीको स्मृतिमा अझै छ पोखरा
- अशक्त ध्यानबहादुरको सहारा बनेको छ लोपोन्मुख पानी घट्ट
- कहिलेसम्म नेतृत्व खोजेर बसिरहने नेविसङ्घ ?
- पिपिएल- कसको भीडन्त कोसंग हुँदैछ ?
- आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा धुमधामसंग मनाइँदै
- आजको राशिफल– २०७६ मंसिर २६ गते बिहिबार
- गोकर्णेश्वरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार साहित्यमार्फत
- बैंक ह्याकमा सक्रिय विदेशी गिरोहलाई नेपाली एजेन्टको सहारा
- स्वर्ण पदक जित्ने खेलाडीलाई नौलाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा
- सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक
- नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु
- अनलाइन ठगीमा विदेशी नाइके नेपाली एजेण्ट- ठगिएको १४ करोडभन्दा बढी रकम विभिन्न बैंकमा
- सागमा पदक विजेता खेलाडीलाई राष्ट्रपतिद्वारा बधाई
- आज साँझदेखि भारी हिमपातको सम्भावना- सतर्कता अपनाउन आग्रह
- चीनमा चर्च भत्काउने अभियान : पश्चिमा जगतमा खैलाबैला (भिडियोसहित)
- सन्दर्भ १३औँ साग : नतिजा र व्यवस्थापनमा अब्बल
- दुई साताका लागि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
- ओली-प्रचण्ड छलफलपछि मात्र सभामुखको टुंगो, उपसभामुख कांग्रेसले नपाउने
- सरकारसंग माग मात्रै राख्ने हैन मिलेर काम गर्न मन्त्री भट्टराईको आव्हान
- पानीजहाज पछि चलाउला अहिले पानी व्यापार गरौं
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


