ट्राफिक नियम उल्लङ्घन गर्ने १४० चालक कारबाहीमा

18 April, 2015 12:42 | क्षेत्रीय समाचार , जन सरोकार | comments | 167100 Views

800_zbos9dx5pil3vkzkdax9h3s8rrr1vd7nचितवनमा नियम उल्लङ्घन गर्ने १४० जना चालक कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालय चितवनले २४ घन्टामा विभिन्न क्षेत्रमा गरेको जाँचका क्रममा उनीहरुलाई पक्राउ गरी कारबाही गरेको हो । कारबाहीमा परेका १४० जनाबाट रु ७६ हजार राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयले जानकारी दिएको छ ।

सिट बेल्ट नलगाउने, हेलमेट नलगाई सवारी चलाउने, मोटरसाइकलमा तीन जना चढ्ने, जथाभावी पार्किङ गर्नेलगायतलाई कारबाही गरेको प्रहरीले जनाएको छ । जसमा चार जना मापसे गरेर सवारी चलाउने पनि रहेका छन् । चितवनका ट्राफिक प्रहरी प्रमुख रमेशराज भेटवालले आफ्नै नेतृत्वमा यहाँ दिनको दुई समय आफ्नै नेतृत्वमा जाँच गर्ने गरिएको बताउनुभयो ।

  

अभियानकै रुपमा कारबाही प्रक्रिया अघि बढाएपछि करिब ३० प्रतिशत सवारी दुर्घटना कम गर्न सफल भएको प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताउनुभयो । ट्राफिक प्रहरीले अघिल्लो महिनामा मापसेविरुद्ध चलाएको अभियानका क्रममा करिब रु नौ लाख राजस्व सङ्कलन गर्न सफल भएको जनाएको छ । रासस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More