कामपाले शुरु गर्यो ‘स्मार्ट पार्किङ’कामपाले शुरु गर्यो ‘स्मार्ट पार्किङ’

  • कामपाले शुरु गर्यो ‘स्मार्ट पार्किङ’
  • कामपाले शुरु गर्यो ‘स्मार्ट पार्किङ’
  • कामपाले शुरु गर्यो ‘स्मार्ट पार्किङ’
  • कामपाले शुरु गर्यो ‘स्मार्ट पार्किङ’
  • कामपाले शुरु गर्यो ‘स्मार्ट पार्किङ’
  • कामपाले शुरु गर्यो ‘स्मार्ट पार्किङ’

ट्राफिक व्यवस्थापनका लागि कामपाले शुरु गर्यो ‘स्मार्ट पार्किङ’

1 June, 2019 00:20 |जन सरोकार | comments | 15150 Views

     कामपाले शुरु गर्यो ‘स्मार्ट पार्किङ’

    काठमाडौँ महानगरपालिले ट्राफिक व्यवस्थापनका लागि ‘स्मार्ट पार्किङ’ शुरु गरेको छ । सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक चाप हुनुका साथै शहर अस्तव्यस्त भएपछि त्यसलाई व्यवस्थापन गर्न कामपाले स्मार्ट पार्किङ योजना बिहीबारदेखि शुरु गरेको हो ।

    adsads

    नयाँ वर्षको शुरुआतसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति दिने भने पनि आन्तरिक छलफलका कारण एक महीनापछि मात्रै उक्त सेवा शुरु गरेको हो । कामपाले नयाँ सडक आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन शुरु गरेसँगै पार्किङ समस्या कम हुने विश्वास कामपाको छ ।

    सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो ।

    कामपाले पहिलो चरणमा परीक्षणका रुपमा पार्किङ स्थान निर्धारण गरी शुरु गरेको हो । पहिलो चरणमा दरबारमार्ग, विशालबजार, इन्द्रचोक, प्युखा र खिचापोखरीमा शुरु गरिएको छ । यसको प्रभावकारिताका आधारमा अन्य स्थानमा आवश्यकता हेरी अन्य स्थानमा पनि सञ्चालन गर्ने तयारी कामपाको रहेको छ ।

    प्रभावकारिता र आवश्यकता हेरी अन्य स्थानमा पनि सवारी साधन राख्नका लागि व्यवस्थापनको काम गर्ने कामपाको योजना रहेको छ । काठमाडौँ शहरको चरित्र, सरल उपयुक्त र दिगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापनमा महानगरको प्राथमिकता रहेको प्रवक्ता डङ्गोलको भनाइ छ । “पार्किङलाई सहज बनाउन सकियो भने मात्र पनि शहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ”, उहाँले भन्नुभयो ।

    स्मार्ट पार्किङमा एक पटकमा करीब ८०० वटा दुईपाङ्ग्रे र ४० वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ । सो क्षेत्रमा पार्किङ गर्दा दुईपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० लाग्नेछ । त्यस्तै चारपाङग्रेका लागि प्रतिघण्टा रु ५० शुल्क निर्धारण गरिएको छ । पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको स्मार्ट पार्किङ अन्य पार्किङको तुलनामा निकै फरक हुन्छन् । ती क्षेत्रमा जानुअघि सवारी चालकले मोबाइलबाटै समय र स्थानको सुनिश्चित गर्न सक्नेछन् ।

    सेन्सरमा आधारित यस प्रणालीमा आवश्यकता हेरी प्रत्येक सवारी प्रवेश गरेको र निस्किएको तथ्याङ्क हुन्छ । प्रयोगकर्ताले मोबाइलमार्फत ‘केटिएम पार्क’ एप्लिकेशन ‘डाउनलोड’ गरी घरमै बसेर पार्किङ ‘बुकिङ’ गर्न सक्नेछन् । उहाँका अनुसार पार्किङ गर्न चाहने व्यक्तिले एप्लिकेशनमार्फत घरमै बसेर पार्किङका बारेमा सूचना लिन सक्नेछ भने १५ मिनेटअगाडि नै पार्किङ बुकिङ गर्न पाउनेछ । कामपाले ‘ब्हिल्स ट्रली योर्स प्रालि’ र ‘एड गुरु’ सँगको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको हो । पाँच स्थानमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याउनका लागि रु एक करोड लागत लागेको जनाइएको छ ।

    ‘स्मार्ट सिटी’ बन्यो ! अब ‘स्मार्ट पार्किङ’

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    कामपाले शुरु गर्यो ‘स्मार्ट पार्किङ’

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!