‘ट्रेनिङ एकेडेमी’ कार्यक्रम ल्याउँदैछौँ – मन्त्री रिजाल

3 November, 2014 19:36 | आगामी कार्यक्रम , जन सरोकार | comments | 36150 Views

milendra-rijal-500x636काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले पत्रकारिता क्षेत्रको विकासका लागि ‘ट्रेनिङ एकेडेमी’ कार्यक्रम ल्याउन लागिएको जानकारी दिनुभएको छ ।

सञ्चारिका समूह नेपालको १८ औँ वार्षिकोत्सव तथा साधारणसभालाई सोमवार यहाँ सम्बोधन गर्दै मन्त्री रिजालले प्रस्तावित एकेडेमीमा विशेष गरी महिला पत्रकारलाई प्राथमिकता दिइने बताउनुभयो । श्रमजीवी पत्रकारको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले छिट्टै नै सञ्चारगृहका मालिक र श्रमजीवी पत्रकारबीच छलफल चलाइने समेत उहाँले बताउनुभयो ।

मन्त्री रिजालले नयाँ संविधान निर्माणका लागि भनेर नै नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनाएको बताउँदै संविधानको निर्माण सहज तरिकाले होस् भन्नका निम्ति आफ्नो पार्टी सक्दो लचकता अपनाउन तयार रहेको छ भन्नुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले पुराना महिला पत्रकारलाई यसै क्षेत्रमा टिकाई राख्न र नयाँलाई आकर्षित गर्न ‘सञ्चार नीति’ बनाउनुपर्नेमा जोड दिनुभयो ।

  

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, क्रियाशील महिला पत्रकार (डब्लु डब्लु जे) का अध्यक्ष शुभेच्छाविन्दु तुलाधर, प्रेस चौतारीका महासचिव माधव नेपाल, प्रेस युनियनका उपमहासचिव सलोजा दाहाल, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रको प्रवद्र्धन र महिला पत्रकारको नेतृत्व विकासका लागि सञ्चारिका समूहले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More