ठेकेदारले गरे ठेकदारको हत्या गोली हानेर

23 October, 2019 15:56 |जन सरोकार | comments | 5250 Views

    विकास निर्माणका क्षेत्रमा कति अपराधिकरण छ भन्ने एक होइन अनेक घटना छताछुल्ल भएका छन् । ठेक्का प्राप्तिदेखि निर्माणा सामग्रीसम्मसम्म शक्तिको आडमा बाहुबलको प्रयोग गरी ठेक्का हत्याउने र गुणस्तरहीन काम गर्नेहरुको कुनै कमी छैन ।

    adsads

    यसका साथै हत्या, अपहरण जस्ता घटना पनि यो क्षेत्रमा कायमै छ । यस्तोमा धनुषामा एक ठेकेदारले अर्को ठेकेदारको गोली हानी हत्या गरिदिएका छन् ।

    समाचार अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा ठेकेदार पंकज चौधरीले जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या गरेका हुन् ।

    चौधरीले आफ्नै घरमा आएका साहलाई बुधबार बिहान ९ः३० बजे गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले पुष्टि गरे । साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको र यही विषयमा कुरा गर्न जाँदा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीले गोली हानी साहको ज्यान लिने चौधरीलाई नियन्त्रणमा लिएको छ । डीएसपी कार्कीका अनुसार, उनको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!