डढेको अवस्थामा शव फेला

11 November, 2014 15:19 | जन सरोकार , मध्यमाञ्चल | comments | 37200 Views

गजुरी- दक्षिणपूर्वी धादिङको जीवनपुर गाविस– ९ मा मंगलवार बिहान डढेको अवस्थामा एउटा शव फेला परेको छ ।

आगोले पोलिएको अवस्थामा किरान्चोक गाविसका ५५ वर्षीय कृष्ण भन्ने सीताराम तामाङको शव फेला परेको हो । बिहान बारीमा शव देखिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय खानीखोलामा खबर गरेका थिए ।

तामाङको शव वरपर ढोड बलेको अवस्थामा रहेको खानीखोला प्रहरीले जनाएको छ । तामाङले जीवनपुरमा अर्काको बारीमा खेती गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More