डाँका पक्राउ गर्न प्रहरीद्धारा गोली प्रहार

20 May, 2019 15:05 |जन सरोकार | comments | 22500 Views

    प्रहरीले राजधानीको टोखाबाट गोली हानेर एक जनालाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची घर भएका विष्णु तामाङलाई गोली प्रहार गरि पक्राउ गरेको हो ।

    adsads

    काले भनेर चिनिने तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए ।

    पक्राउ परेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण प्रयास गरेपछि गोली हानेर पक्राउ गर्नु परेको प्रहरीले जनाएको छ ।

    ‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए । त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार उनको दायाँ खुट्टाको घुँडा मुनि गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!