डा. गोविन्द केसीले राखे सात बुँदे माग- पूरा नभए सत्याग्रहको चेतावनी

15 September, 2019 17:03 |राजनीति | comments | 4500 Views

    मुलुकमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आमूल परिवर्तन हुनुपर्ने भन्दै झण्डै डेढदर्जन पटक आमरण अनशन गरेर त्यति नै पटक सरकारसंग सम्झौता गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । यसै क्रममा डा. केसीले आइतबार सात बुँदे माग राख्दै ती माग पूरा नभएर सत्याग्रह गर्ने चेतावनी दिनुभएको छ ।

    adsads

    डा. केसीले विज्ञप्तिमा केसीले विगतमा भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन संशोधनसहित चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको विषयमा पनि चित्त बुझ्दो जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।

    उहाँले भन्नुभएको छ ‘अहिले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति अन्तिम छनोटमा योग्यता नपुगेका, राजनीतिक दल र गुटका कार्यकर्ता र छनोटमा पर्याप्त पारदर्शिता नअपनाइएको भन्ने जनआरोपको माझमा उपाध्यक्ष नियुक्ति गरिएको समाचार आएको छ । यस विषयमा अध्यक्षको हैसियतले प्रधानमन्त्री, सरकार, छनोट समिति र सम्बन्धित निकायले जनतालाई चित्त बुझ्दो उत्तर नदिए, उपयुक्त कदम नचालिएमा उपाध्यक्षमा छानिएका व्यक्तिको नेतृत्वमा वैधानिक तथा नैतिक प्रश्न आउने छ ।’

    लामो समयको मौनता तोड्दै डा. गोविन्द केसी खनिए सरकारमाथि

    त्यसै गरी केसीले निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सबै रकम फिर्ता गर्नुपर्ने र दोषी मेडिकल कलेजलाई कानून बमोजिम कारबाही गरिनुपर्ने माग अघि सार्नुभएको छ । त्यस्तै संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गर्न पनि माग गर्नुभएको छ ।

    त्यस्तै विश्वविद्यालय पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने र समितिको प्रतिवेदनलाई अबिलम्ब ऐनको रूप दिइनुपर्ने तथा यसअघिको सम्झौता अनुसार इलाम, पाँचथर, उदयपुर लगायत प्रदेश २ र ४ मा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ ।

    विज्ञप्तिमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिन माग गरिएको छ भने शीर्ष नेताको उपचारका लागि विदेश जाने अवस्था राकिनुपर्ने बताउनुभएको छ ।

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!