डा. भट्टराई बस्ने स्थान कहाँ हो ? संसदले व्यवस्था गर्नुपर्यो
केही समय अघिसम्म संसदमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको स्थान अलग्गै थियो र एक्लो सांसदका रुपमा रहनुभएका डा. भट्टराई संघीय समाजवादी फोरमसंग पार्टी एकता भएपछि उहाँको स्थान सत्तापक्षकै लहरमा हुनुपर्ने हो तर उहाँ स्वतन्त्र सांसद बस्ने लहरमा बसेपछि उहाँको स्थानका विषयमा नेकपाका सांसदले प्रश्न उठाए ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा डा. भट्टराई स्वतन्त्र सांसदको लहरमा बसेको देखेपछि संसदमा अनौठा अनौठा तर्क गर्ने नेकपा सांसद बिरोध खतिवडाले डा. भट्टराईको बस्ने स्थानबारे प्रश्न उठाउँदै संघीय समाजवादी फोरम नेपालका पार्टी अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकार छ ।
पार्टीका सांसदहरु सत्तापक्षको सिटमा बस्छन् भने डा. भट्टराई किन अर्को लहरमा भन्दै खतिवडाले प्रश्न गर्नुभयो । तत्कालीन संघीय समाजवादी फोरम र डा. भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी बनेको छ ।
सांसद खतिवडाले प्रश्न गर्नुभयो पूर्वप्रधानमन्त्री माननीय डा बाबुराम भट्टराईजी अहिले जहाँ बसिरहनुभएको छ, त्यो नै सही हो या संसदले व्यवस्थापन ठीक नगरेको हो ? या उहाँले एकता प्रक्रियालाई सही गरेर इन्कार गरेको हो, त्यसकारण पूर्व प्रधानमन्त्रीज्यूलाई बस्ने उपयुक्त ठाउँको व्यवस्था गर्दै बस्ने ठाउँ देखाइदिनुहुन पनि अनुरोध गर्दछु ।
खतिवडाको जिज्ञासापछि संसद बैठक सञ्चालन गरिरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले निर्वाचन आयोगले पार्टी एकीकरण भएको जानकारी सहित पत्राचार नगरेकाले डा भट्टराई पुरानै स्थानमा बसेको बताउँदै औपचारिक रुपमा पत्राचार भएपछि उपयुक्त स्थानमा बस्ने व्यवस्था गर्ने जानकारी दिनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- आज साँझदेखि भारी हिमपातको सम्भावना- सतर्कता अपनाउन आग्रह
- चीनमा चर्च भत्काउने अभियान : पश्चिमा जगतमा खैलाबैला (भिडियोसहित)
- सन्दर्भ १३औँ साग : नतिजा र व्यवस्थापनमा अब्बल
- दुई साताका लागि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
- ओली-प्रचण्ड छलफलपछि मात्र सभामुखको टुंगो, उपसभामुख कांग्रेसले नपाउने
- सरकारसंग माग मात्रै राख्ने हैन मिलेर काम गर्न मन्त्री भट्टराईको आव्हान
- पानीजहाज पछि चलाउला अहिले पानी व्यापार गरौं
- अनलाइनमार्फत ठगी गर्ने गिरोहले जम्मा गरेको १७ करोड रुपैयाँ फेला
- पदक विजेतालाई प्रधानमन्त्री ओलीको सम्मान- नगद पुरस्कारको घोषणा हुने
- माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन
- न्युजर्सीमा गोली हानाहान : प्रहरी अधिकारीसहित छजनाको मृत्यु
- साग सफल बनाउन योगदान दिने सबैमा धन्यवाद
- उपसभामुखलाई राजीनामा गराउँदै नेकपा : बनाउला त सभामुख ?
- घुस खाने सिडिओलाई तत्काल निलम्बन गर्न आयोगको पत्र
- चारबुँदे सहमतिपछि बूढीगण्डकी प्रभावितको आन्दोलन स्थगित
- आजको राशिफल– २०७६ मंसिर २५ गते बुधबार
- कीर्तिमानै कीर्तिमान सहित सकियो १३ औं साग : १४ औं साग पाकिस्तानमा
- प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा
- पुस ४ गते संसदको हिउँदो अधिवेशन आव्हान
- फुटबलमा नेपाललाई स्वर्ण : भुटान २-१ ले पराजित
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


