डा. भट्टराई र कमल थापाको ट्वीट जुहारी- लम्पसारवाद र राष्ट्रवादको डंका पिटेर जनता चुसेको चर्चा

23 August, 2019 21:36 | राजनीति | comments | 25350 Views

बिहिबार भारतीय विदेशमन्त्री एस जयशंकर बसेको होटलमै पुगेर पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र डा बाबुराम भट्टराईले भेट गरेको विषयलाई लिएर पूर्व उपप्रधामन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले चर्को आलोचना गर्नुभएको छ ।

थापाले कुटनीतिक मर्यादा नाघेर विदेशमन्त्रीसंग पूर्व प्रधानमन्त्रीहरुले भेटघाट गरेको समाचार सार्वजनिक भएपछि राप्रपाका अध्यक्ष कमल थापाले देउवा, भट्टराई र उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारबादको नमुना पेश गरेको टिप्पणी गर्नुभएको हो ।

adsads

अध्यक्ष थापाको सो ट्वीटपछि पूर्वप्रधानमन्त्री भट्टराईले देशको हितमा छिमेकीसँग खुल्ला सम्बन्ध राख्ने पक्षमा आफू रहेको बताउँदै ‘सिसाको घरमा बस्नेले अर्काको झुपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला भन्दै सुगौलीसन्धी यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसँग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा छौं भन्नुभएको छ ।

भट्टराईको जवाफलाई फेरि थापाले प्रतिउत्तर दिँदै खुल्ला र मित्रतापूर्ण सम्बन्धबारे आफू सहमत रहेको ट्वीट लेख्दै त्यस्तो सम्बन्ध समानता, स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामोसमय कायम आत्मसमर्पण अन्त होस् भन्ने मेरो मान्यता हो । सम्मानित पूर्वप्रमले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिक रुपमा भेटेको अलि सुहाएन कि भन्ने प्रश्न गर्नुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More