डिभिजन थ्री जित्ने क्रिकेट टोलीलाई जनही तीन लाख पचास हजार

6 May, 2013 13:51 | खेल | comments | 36300 Views

बर्मुडामा सम्पन्न आईसीसी विश्व लिग डिभिजन थ्रीको उपाधि जित्ने नेपाली क्रिकेट टोलीका प्रत्येक सदस्यलाई जनही तीन लाख ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ ।

 

राष्ट्रिय खेलकूद परिषदको बोर्ड बैठकले क्रिकेटमा ऐतिहासिक जीत दिलाउने टिमका सहभागि प्रत्येक सदस्यलाई उक्त रकमले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

  

 

नेपालले आइतबार राति सम्पन्न फाइनल खेलमा युगाण्डालाई ५ विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हो । डिभिजन टूमा प्रवेश गरेका दुई शीर्ष टोलीबीच उपाधिको छिनाफानो गर्न भएको फाइनल खेलमा नेपालले शानदार खेल प्रस्तुत गरेको हो ।

 

डिभिजन थ्रीको दोस्रो खेलमा युगाण्डासंग हारेको नेपालले यो जीतसंगै उक्त हारको बदला पनि लिएको छ । यसअघिको खेलमा इटालीलाई हराएर समूह उपविजेता बन्दै नेपाल डिभिजन टूमा प्रवेश गरेको थियो ।

 

६ राष्ट्र सम्मिलित प्रतियोगितामा शीर्ष दुई स्थान ओगट्दै युगाण्डा र नेपालले अर्को वर्ष हुने विश्वकप छनौट प्रतियोगितामा स्थान सुरक्षित गरिसकेका छन् ।

 

सुरुवाती दुई खेलमा नराम्रो पराजय भोगेको नेपालले त्यसपछि आफ्नो लय समात्दै चार खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । यो जितसंगै नेपालले विश्वकप छनोट खेल्न पाउनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More