डिलाराम गैरेको नेतृत्वमा गैरे समाज जापानको नयाँ कार्यसमिति

15 January, 2020 19:48 | जापान | comments | 57450 Views

जापानमा क्रियाशील गैरेहरुको साझा संस्था गैरे समाज जापानको चौथो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले डिलाराम गैरेको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

ads ads

समाजका अध्यक्ष दिलिप गैरेको सभापतिमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा भुमप्रसाद गैरे, उपाध्यक्षहरुमा ताराप्रसाद गैरे, भिमप्रसाद गैरे र देविलाल गैरेलाई चयन गरेको छ भने श्यामलाल गैरे महासचिव, गोविन्दप्रसाद गैरे, रामप्रसाद गैरे (गौरी) भवनाथ गैरेलाई सचिवमा चयन गरेको छ ।

यसै गरी धर्मराज गैरे सहसचिव, चेतराम गैरे कोषाध्यक्ष, लक्ष्मण गैरे (चित्रप्रसाद), जीवन गैरे सहकोषाध्यक्षमा चयन भएका छन् । महाधिवेशनले मिलन गैरेलाई युवा संयोजक गीता गैरेलाई महिला संयोजकमा चयन गरेको छ ।

नवगठित कार्यसमितिका सदस्यहरुमा नन्दकली गैरे, लक्ष्मण गैरे, प्रकाश गैरे, रुपक गैे, विनोद गैरे, डिलाराम गैरे, रेशम गैरे, तेजेन्द्र गैरे, खिमानन्द गैरे र तिलक गैरे चयन भएका छन् ।

समाजका वरिष्ठ उपाध्यक्ष डिलाराम गैरेको स्वागत मन्तव्य र सहसचिव श्यामलाल गैरेको संचालनमा सम्पन्न अधिवेशनमा सचिव भिमप्रसाद गैरेले वार्षिक र आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका संरक्षक झम्पलाल गैरे, संस्थापक अध्यक्ष आत्माराम गैरे तथा निवर्तमान अध्यक्ष टंक गैरेले आआफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने जापान भ्रमणमा रहनुभएका ७ जना गैरे ज्येष्ठ नागरिकलाई सम्मान गरिनुका साथै गल्कोट ठानको प्रख्यात भजन समेत गायन गरिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More