डिसी सप्ताहमा रुपाखेती परिवारद्वारा सर्वाधिक ५५ हजार डलर दानडिसी सप्ताहमा रुपाखेती परिवारद्वारा सर्वाधिक ५५ हजार डलर दान

  • डिसी सप्ताहमा रुपाखेती परिवारद्वारा सर्वाधिक ५५ हजार डलर दान
  • डिसी सप्ताहमा रुपाखेती परिवारद्वारा सर्वाधिक ५५ हजार डलर दान
  • डिसी सप्ताहमा रुपाखेती परिवारद्वारा सर्वाधिक ५५ हजार डलर दान
  • डिसी सप्ताहमा रुपाखेती परिवारद्वारा सर्वाधिक ५५ हजार डलर दान
  • डिसी सप्ताहमा रुपाखेती परिवारद्वारा सर्वाधिक ५५ हजार डलर दान
  • डिसी सप्ताहमा रुपाखेती परिवारद्वारा सर्वाधिक ५५ हजार डलर दान

डिसी सप्ताहमा रुपाखेती परिवारद्वारा सर्वाधिक ५५ हजार डलर दान

11 July, 2019 14:37 |प्रबास | comments | 17550 Views

    डिसी सप्ताहमा रुपाखेती परिवारद्वारा सर्वाधिक ५५ हजार डलर दान

    विजय थापा,डिसी । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका समाजसेवी अरुण रुपाखेती र परिवारले डिसी मेट्रो सप्ताहमा पचपन्न हजार पॉच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गरेका छन् ।

    adsads

    गत जुन २२ देखि जुन २९ सम्म सम्पन्न डिसी मेट्रो सप्ताह २०१९ का संयोजक समेत रहेका रुपाखेतीले पचपन्न हजार पॉच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गर्दै उक्त सप्ताहमा सर्वाधिक ठूलो दान गर्ने दानवीर भएका छन् । उनले उक्त रकमको घोषणा संगै संस्थापक संरक्षक बनेका छन् । ४० हजार डलरको सदस्यता बने पछि मात्र संस्थापक संरक्षक भईन्छ । रुपाखेती अनेसास डिसी शाखा र अन्य संघ/ संस्था संग आबद्ध छन ।

    झन्डै दुई दशक देखि डिसी मेट्रो महानगर क्षेत्रमा बस्दै अन्य सामाजिक संस्थामा आबद्ध रुपाखेती डिसी नेपाली समाजका संस्थापक अध्यक्ष पनि हुन् । उनले विदेशी माटोमा परम्परा, संस्कृतिको सम्बर्द्धन र जगेर्ना गर्न डिसी नेपाली समाजको स्थापना गरेका छन् । उक्त मुनाफा रहित संस्था मार्फत झन्डै १० बर्ष देखि हजारौ नेपाली समुदायहरुलाई निशुल्क जनै पुर्णिमामा क्वाटी,जनै र दशैमा जमरा वितरण गर्दै आई रहेका छन् ।

    डिसी महानगर क्षेत्रमा सामुदायिक केन्द्र बनाउनु पर्छ भन्दै पुराण मार्फत यो सम्भव छ भन्ने मध्ये कै एक परिकल्पनाकार रुपाखेती हुन् । यसको लागि उनी र आफ्ना परिवार अहोरात्र खटिई सबैको अथक प्रयास र मेहनतको कारण अमेरिकामा भएका सप्ताह मध्ये सर्वाधिक ठूलो रकम २० लाख ३४ हजार डलर संकलन भएको थियो । जुन अमेरिकाको नेपाली समुदायको ईतिहासमा यति ठुलो सहभागिता र ज्यादा रकम नगद मात्र १० लाख डलर उठ्न सफल भएको थियो ।

    डिसी मेट्रो सप्ताहको लागि नेपालबाट वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल आएका थिए भने रुपाखेती कै घरमा पण्डित पोखरेल सप्ताह सम्म बसेका थिए । रुपाखेती दम्पत्ति ,२ छोराहरु ,बुबा आमा र छोरी समेतको कूल मिलाएर रुपाखेती परिवारले पचपन्न हजार पॉच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गरेका हुन् । उक्त दान डिसी मेट्रो सप्ताहको अन्तिम दिन जुन २९ मा आफ्ना परिवारको साथ सबैको अगाडी दान दिने घोषणा गरेका थिए ।

    उनले आफू चिकित्सक, अभियन्ता र ठूलो पदमा काम गर्ने नभई घण्टा हान्ने काम गरेता पनि मन भएर दान गरेको बताएका थिए । उनले घोषणा गर्ने बित्तिकै उनलाई काँधमा हालेर पुराण स्थलमा घुमाईएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    डिसी सप्ताहमा रुपाखेती परिवारद्वारा सर्वाधिक ५५ हजार डलर दान

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    एएफसी यू–१६ च्याम्पियनसिप

    फेसबुक

    एएफसी यू–१६ च्याम्पियनसिप

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!