डुबान समस्या समाधानका लागि संघीय सरकारसँग आग्रह गरिने

22 October, 2018 14:43 | प्रदेश , प्रदेश २ | comments | 24900 Views

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भलुवाही खोलाका कारण हुने डुबानको समस्या समाधान गर्न प्रदेश सकारले सङ्घीय सरकारलाई आग्रह गर्ने बताउनुभएको छ ।

पर्साको जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिका बीचमा पर्ने भलुवाही खोलाको स्थलगत अनुगमनपछि मुख्य मन्त्री राउतले खोकाबाट उत्पन्न समस्या समाधान गर्न प्रदेश सरकारले तत्कालै पहल गर्ने प्रतिद्धता व्यक्त गर्नुभयो ।

adsads

मुख्यमन्त्रीसँगै सो स्थानमा पुग्नुभएका प्रदेश नं २ का भौतिक पूर्वधारमन्त्री जीतेन्द्र सोनलले खोलाले पारेको असर कम गर्ने उपाय खोज्न सिँचाइ विभागका प्रमुखलाई निर्देशन दिनुभयो ।

पर्साको सखुवा प्रसौनि गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका र जगरनाथ पुर गाउँपालिका भएर बग्ने भुलवाही खोलाका कारण वर्षायाममा एक दर्जन गाउँका एक हजारभन्दा बढी परिवार डुबानको समस्या खेप्ने गरेका छन् । प्रत्येक वर्ष खोलाले धार परिवर्तन गर्दा हजारौँ बिगाहा खेतीयोग्य जग्गा पुरिएको छ ।

प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मृत्यु

फेसबुक

मृत्यु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!