डेंगु नियन्त्रण : कहाँ चुक्यो सरकार ?डेंगु नियन्त्रण : कहाँ चुक्यो सरकार ?

  • डेंगु नियन्त्रण : कहाँ चुक्यो सरकार ?
  • डेंगु नियन्त्रण : कहाँ चुक्यो सरकार ?
  • डेंगु नियन्त्रण : कहाँ चुक्यो सरकार ?
  • डेंगु नियन्त्रण : कहाँ चुक्यो सरकार ?
  • डेंगु नियन्त्रण : कहाँ चुक्यो सरकार ?
  • डेंगु नियन्त्रण : कहाँ चुक्यो सरकार ?

डेंगु नियन्त्रण : कहाँ चुक्यो सरकार ?

14 September, 2019 12:40 |पत्रपत्रिका | comments | 4050 Views

    डेंगु नियन्त्रण : कहाँ चुक्यो सरकार ?

    डेंगुको संक्रमणबाट एक विद्यार्थीसहित ६ जनाको ज्यान गएको छ। झण्डै चार महिनादेखि विस्तारित डेंगु संक्रमण अहिले ६२ जिल्लामा फैलिएको छ।

    adsads

    मुलुक डेंगुमय भइसकेको छ। अझै तीन महिना डेंगुको संक्रमण देखिन सक्ने चिकित्सकको अनुमान छ। तीन सय मिटरसम्म टाढा उड्ने एडिस जातको संक्रमित लामखुट्टेको टोकाइले घरैपिच्छे पीडा दिएको छ। लामखुट्टे पैदा भएको ठाउँ वरपर घुमिरहन्छ।

    यसर्थ पनि डेंगुको उत्पत्ति घरमै पनि भइरहेको छ। घरका सदस्यलाई टोकेर संक्रमण बढाइरहेको छ। संक्रमण भएको एक सातापछि लक्षण देखिन्छन्। लक्षण नदेखिँदासम्म व्यक्ति घुमफिर गर्ने भएकाले डेंगु संक्रमणले विस्तारित रूप लिएको छ।

    सरकारले डेंगु नियन्त्रण गर्न खोज र नष्ट गर (सर्च एन्ड डिस्ट्रोय) अभियान सञ्चालन गरेको छ। टोलटोलमा लामुखुट्टे मार्न औषधि छर्कने (फगिङ) कार्य गरिरहेको छ। घरका गमला, सोफामुनि, एयरकन्डिसनरभित्र, छतमाथि राखिएको ड्रम, बट्टालगायतका स्थानमा लामखुट्टेले वासस्थान बनाइरहेको बेला विषादी छर्कने कार्य घरबाहिर भइरहेको छ। फलस्वरूप, डेंगु सार्ने एडिस जातको लामखुट्टेको अण्डा, प्युपा र लार्भा नष्ट गर्ने सरकारी अभियान प्रभावकारी हुन सकेको छैन।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका वरिष्ठ कीट वैज्ञानिक डा. बीएन नागपालका अनुसार घरघरका कोठाकोठामा फगिङ गर्न सके मात्र प्रभावकारी नतिजा हासिल हुन सक्छ। डा. नागपाल भन्छन्, ‘फगिङ महत्त्वपूर्ण छ। तर, घरका टेबुल, कुर्सी, सोफामुन्तिर लामखुट्टे बसेको हुन्छ। घरबाहिर फगिङ गरेर नतिजा प्रभावकारी हुन सक्दैन। ’

    अहिले सातवटै प्रदेशमा डेंगुको संक्रमण विस्तार भएको छ। विगतका वर्षहरूमा तराई–मधेसमा देखा पर्ने डेंगुको संक्रमण पहाडी एवं हिमाली क्षेत्रतर्फ पनि विस्तार हुनुले चिन्ता बढाएको छ। तर, सरकारले भने डेंगु भाइरसको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गरेको छ।

    सुनसरीको सन्देश
    ३० वैशाखमा पहिलोपटक धरानमा डेंगुको संक्रमण देखा परेको थियो। काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि वैशाखमा एक संक्रमित आएका थिए। मनसुनअघि नै डेंगुको संक्रमण देखिँंदा पनि स्वास्थ्य निकायको गम्भीर ध्यानाकर्षण हुन सकेन।

    घरघरमा डेंगुको संक्रमण भइरहँदा पनि न्यून तथ्यांक सार्वजनिक गरियो। संक्रमितको संख्या न्यून भएको देखाउने प्रयत्न गर्नु भूल थियो। डेंगुको संक्रमण यति धेरै विस्तार होला भन्ने अनुमानै गरिएन। नियन्त्रणका लागि कार्ययोजना बनाई कार्यान्वयनमा ल्याइएन।

    उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा. सुरेन्द्र यादवसहितको टोलीले धरानबाट फर्केपछि पनि डेंगु नियन्त्रणमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन सकेन। यो नै सरकारको पहिलो कमजोरी हो। विस्तारित डेंगु नियन्त्रणमा आउन नसक्ने भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार भेटघाट गरी एक्लै नियन्त्रण गर्न नसकिने जवाफ दियो।

    सुनसरीको धरानमा डेंगुको संक्रमण देखिनेबित्तिकै सरकारले जनस्तरबाटै अभियानका रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकेन। समयमै नागरिक समाजस्तरबाटै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकेको भए संक्रमण विस्तार हुनबाट रोकिने चिकित्सकको भनाइ छ।

    शासकीय मानसिकता
    डेंगुले काठमाडौंवासीलाई संक्रमण नगर्दासम्म धरानलगायत पूर्वीक्षेत्रका समस्याका रूपमा लिइयो। डब्लूएचओ र ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा काठमाडौंमा डेंगु संक्रमण हुन सक्ने जोखिम देखिएको थियो। डेंगु संक्रमण हुनुअघि नै यो तथ्य सार्वजनिक भइसकेको थियो।

     

    डेंगु संक्रमण गराउने लामखुट्टेको प्रजनन स्थलसहित अण्डा, प्युपा र लार्भा नष्ट नगर्ने हो भने अर्को वर्ष झन् महामारी हुने जोखिम छ।

    काठमाडौंमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, डा. सन्दुक रुइतलगायतलाई डेंगुले थला पारेपछि मात्र डेंगुप्रति सबैको चासो र चिन्ता बढेको ती चिकित्सकको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ती चिकित्सक भन्छन्, ‘काठमाडौंमा संक्रमण फैलिन थालेपछि मात्र यसबारे सबैतिर चासो बढ्यो। धरानमा संक्रमण भइरहँदा केन्द्र मूकदर्शक भएर हेरिरह्यो। ’

    अहिले बल्ल स्वास्थ्य मन्त्रालयले गृह र स्थानीय मन्त्रालयसँग समन्वय गरेको छ। जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र नगरपालिकाबाट वडावडामा सन्देशमूलक जानकारी प्रवाह हुन थालेको छ। आगो लागेपछि कुवा खन्ने उखान चरितार्थ गर्दै सरकारी निकाय अहिले बल्ल डेंगु नियन्त्रणका लागि सामूहिक अभियान आवश्यक पर्ने निष्कर्षमा पुगेको छ।

    जिम्मेवारीविहीन जनशक्ति
    डेंगुले स्वास्थ्य समस्या बढिरहेको बेला दक्ष जनशक्तिहरू जिम्मेवारविहीन छन्। भेक्टर कन्ट्रोल निरीक्षकको दरबन्दी कटौती गरिएको छ।

    वरिष्ठ कीटविज्ञ डा. नागपाल कीटजन्य रोग नियन्त्रणमा दक्ष जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताउँछन्। वर्षभरि नै कीटजन्य रोग सम्बन्धमा जनचेतना फैलाउने, रोग नियन्त्रणमा प्रभावकारी भूमिका हुने हुँदा दक्ष जनशक्तिको आवश्यकता पर्ने उनको ठम्याइ छ।

    स्वास्थ्य निकायमा कार्यरत जनशक्तिको ज्ञान, सीप र क्षमता विकासमा पनि ध्यान दिइएन। विद्यमान जनशक्तिलाई आवश्यक दक्षताको विकास निरन्तर गराउने संस्कार अझै सुरु भएको छैन।

    समायोजनको सकस
    संघीयता कार्यान्वयनको सकस डेंगुको नियन्त्रणमा समेत देखिएको छ। डेंगु नियन्त्रणका लागि स्थानीय तहमा बजेट गएको र नियन्त्रणको काम पनि स्थानीय तवरमा हुनुपर्ने संघका अधिकारीहरू बताउँछन्। नीति बनाउने काम मात्र संघको भएको उनीहरूको दाबी छ।

    स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. सुशीलनाथ प्याकुरेलका अनुसार स्थानीय तहका कर्मचारी परिचालन गर्ने अधिकार संघलाई छैन। स्थानीय निकायमा पर्याप्त स्रोतसाधनको प्रबन्ध छैन। डा. प्याकुरेलको आलंकारिक भनाइलाई आधार मान्ने हो भने गोली स्थानीय निकायमा छ। बन्दुक प्रदेशमा छ। सिपाही संघमा छ। तीन तहबीच तालमेलै छैन। यस्तो अवस्थामा कसरी सहकार्य र समन्वय हुन सक्छ ?

    संक्रमण विस्तार नहुँदै सरकारी निकायमा नियमित सूचना प्रवाह हुन सकेन। आर्थिकका साथै सूचना व्यवस्थापन हुन सकेन। लामखुट्टेको वासस्थान नष्ट गर्न चार लाख बजेट विनियोजन गर्दासमेत नतिजा फलदायी हुन सकेन। सूचनाको सञ्चार हुन नसक्दा समन्वय र सहकार्य नै भएन। सहकार्यबिना डेंगु नियन्त्रणमा प्रतिबद्धता नै हुन सकेन।

    व्यवस्थित अभिलेख पद्धतिको अभाव
    डेंगुको संक्रमण आकस्मिक ढंगले भएको होइन। हरेक वर्ष यसको संक्रमण हुने गरेको छ। यस वर्ष संक्रमण अलि चाँडै अर्थात् मनसुनअघि नै सुरु भयो।

    यसको संक्रमणलाई पूर्वानुमानयोग्य बनाउनका लागि अभिलेख व्यवस्थापन जरुरी रहन्छ। सूचना संगृहित गर्ने, संक्रमणपछि उपचारलाई व्यवस्थित बनाउन, रोग नियन्त्रणलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अभिलेख पद्धति आवश्यक पर्छ। तर अभिलेख पद्धति नै व्यवस्थित हुन सकेन। अन्तरनिकाय समन्वय र सूचना संयन्त्रलाई प्रभावकारी बनाउन सूचना बैंकको प्रवद्र्धन गर्न सकेन।

    नागरिकको मौलिक अधिकारका रूपमा रहेको सूचनाको हकको सारभूत कार्यान्वयनलाई बेवास्ता गरियो। सूचना प्रविधिमा आधारित अनुगमन प्रणालीको पनि विकास गर्न सकिएन। ६. सामूहिक दायित्व

    वरिष्ठ कीटविज्ञ डा. नागपाल डेंगु नियन्त्रणमा बंगलादेश सरकारले अपनाएको रणनीति उपयुक्त भएको बताउँछन्। डेंगु फैलाउने वाहकका रूपमा रहेको लामखुट्टेको वृद्धि रोक्नमा स्वास्थ्य मन्त्रालय एक्लैले नियन्त्रण गर्न असम्भव भएको उनको ठहर छ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोला जनस्तरबाट महाअभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन्। अहिले लामखुट्टेका अण्डा, प्युपा र लार्भा नष्ट गर्न नसक्ने हो भने आगामी वर्ष डेंगुको प्रकोप झन् भयावह हुन सक्ने डा. बाँस्तोलाको भनाइ छ। ‘यस वर्ष लामखुट्टेको प्रजननथल नष्ट गर्न सकिएन भने डेंगु नियन्त्रण गर्न गाह्रो हुनेछ’, बाँस्तोलाले भने।

    साझा समस्या
    एडिस एजेप्टाई र एडिस एल्बोपिक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नेपालको मात्र समस्या होइन। यसले १२६ वटा मुलुकमा पिरोलिरहेको छ। जलवायु परिवर्तनले पनि लामखुट्टेको वासस्थान जहाँसुकै अनुकूल बन्दै गएको छ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की डा. रुङतेन वाङचुकका अनुसार, डेंगु फैलिनुका कारकतत्व धेरै छन्। सरसरसफाइको कमीले डेंगु संक्रमण गराउने लामखुट्टेको वासस्थान बढिरहेको छ। त्यस्तै अव्यवस्थित सहरीकरणले पनि डेंगु संक्रमणमा सघाउ पुर्‍याइरहेको छ।

    आन्तरिक र बाह्य बसाइँसराइले पनि डेंगु एक ठाउँबाट अर्को ठाउँमा फैलाउनमा योगदान गरेको छ। बस्तीहरूमा रहेको उच्च जनघनत्व पनि शीघ्र डेंगु फैलाउने कारकका रूपमा रहेको छ। यसैगरी भवन एवं अन्य संरचना बनाउने क्रममा सावधानी नअपनाउँदा ती क्षेत्रमा पानी जम्मा भई लामखुट्टेको वासस्थान बन्न पुगेका छन्।

    विश्वको आधा जनसंख्या अहिले डेंगुको जोखिममा रहेको डब्लूएचओले जनाएको छ। नेपालको मात्र नभएर विश्वव्यापी समस्या बनिरहेको डेंगु संक्रमण नियन्त्रणका लागि सामूहिक दायित्व लिनुपर्ने आवश्यकता छ। सबैजना उत्तरदायी भए मात्र संक्रमण नियन्त्रण हुन सक्ने डा. वाङचुक बताउँछिन्।

    आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    डेंगु संक्रमितको संख्या दश हजार नजिक- सरकार भन्छ ‘नियन्त्रणमै छ’आफूखुसी औषधि नखान चिकित्सकको सुझाव (ताजा भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    डेंगु नियन्त्रण : कहाँ चुक्यो सरकार ?

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!