डेंगु संक्रमितको संख्या दश हजार नजिक- सरकार भन्छ ‘नियन्त्रणमै छ’ आफूखुसी औषधि नखान चिकित्सकको सुझाव (ताजा भिडियो सहित)

13 September, 2019 17:22 | जल/वातावरण/स्वास्थ्य | comments | 22950 Views

देशभर डेंगुको संक्रमणि बढिरहेको छ र एक साताको बीचमा संक्रमितको संख्या दोब्बर पुगेको भए पनि सरकार भने डेंगु नियन्त्रणमा रहेको दावी गरिरहेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभर ८ हजार ९० जना डेंगीबाट संक्रमित भएको तथ्यांक सार्वजनिक गरेको छ ।

ads ads

डेंगुबाट प्रदेश नम्बर ३ सबैभन्दा बढी प्रभावित भएको विभागले जनाएको छ । विभागका अनुसार काठमाडौं उपत्यकामा मात्रै असारयता १ हजार १ सय ५० जना डेंगीबाट संक्रमित भएका छन् । बिहीबार विभागले एक कार्यक्रमका बीच डेंगुको संक्रमण अवस्थाबारे जानकारी गराएको हो।

जिल्लागत रुपमा भने चितवन सबै भन्दा बढी प्रभावित भएको छ । त्यसैगरी मकवानपुर दोस्रो र तेस्रोमा कास्की जिल्ला संक्रमणबाट बढी प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिनुभयो । उहाँले रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने उल्लेख गर्दै आफुखुसी औषधि सेवन नगर्न पनि सबैलाई आग्रह गर्नुभएको छ ।

केही दिन अघि डेंगुको अवस्थाका बारेमा भिजन नेपाल एचडीले तयार पारेको यो भिडियो-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More