तपाईको वरिपरी सार्वजनिक जग्गा हिनामिना भएको छ भने जानुस् उजुरी दिन जिल्ला प्रशासन

23 August, 2019 20:35 |अर्थ | comments | 8550 Views

    सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जग्गा हिनामिनासम्बन्धी उजुरी तथा सूचना जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिने व्यवस्था गर्न लागेको छ ।

    काठमाडाँैसम्म आएर उजुरी गर्न तथा सूचना दिन सर्वसाधारणलाई असुविधा हुन सक्ने महसुस गरेर आयोगले केही दिनभित्रै सूचनामार्फत जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने व्यवस्था गर्न लागेको आयोगका अध्यक्ष मोहनरमण भट्टराईले जानकारी दिनुभयो ।

    adsads
    बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणसम्बन्धी छानबिन शुरु भएपछि शारदाप्रसाद त्रिताल आयोगले प्रतिवेदनमा दिएका सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएर वर्तमान जाँचबुझ आयोग गठन गरेको हो ।

    गत जेठ १५ गतेदेखि कार्यालय स्थापना गरी कहाँ, के कति जग्गा हिनामिना भएको छ भन्ने विषयमा सूचनामार्फत जानकारी माग गरेको हालसम्म आयोगमा १०० भन्दा बढी उजुरी प्राप्त भएका र त्यसउपर छानबिन भइरहेको जानकारी दिइएको छ । सरकारी, सार्वजनिक र गुठीका जग्गा जमीन धैरै हिनामिनाको स्थितिमा देशलाई राखिनु नहुने भनेर आयोगले इमान्दार प्रयासले खोजबिनको कार्य गरिहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।

    सरकारी, सार्वजनिक तथा गुठी जग्गा हिनामिनाका सम्बन्धमा वास्तविक सूचना उपलब्ध गराएर सहयोग पुर्याउन आयोगले सबै तह र तप्काका आम नागरिकसँग आग्रह गरेको छ । आयोगले भनेको छ, “सरकारी, सार्वजनिक र गुठीका जग्गा कसैले पनि तलमाथि गर्न हुँदैन, जग्गा प्रशासनको विषय स्वस्थ्य र न्यायपूर्व बन्नुपर्छ भन्नेमा आयोग दृढ छ, सबैले आ–आफ्नो ठाउँबाट कर्तव्य र दायित्व पूरा गरिदिएको भए यो समस्या आउने थिएन ।”

    सरकारी, सार्वजनिक र गुठी जग्गा हिनामिनाको जिम्मेवार भनेको सीमाभित्र बस्न नरुचाउने प्रवृत्ति जिम्मेवार रहेकाले अध्यक्ष भट्टराईले केही मान्छेको दूषित मनसायले यसलाई मलजल गर्न सहयोग पुर्याएको धारणा व्यक्त गर्नुभयो । पछिल्लो समय सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने समाजमा चेतना बढेका कारण त्यस्ता जग्गा हडप्न खोज्ने कानूनी दायरामा आउने क्रम बढेको छ ।

    सार्वजनिक जग्गा अतिक्रमण सरकारलाई सह्य हुँदैन : मन्त्री अर्याल

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    साँझसँगै टिपरको कब्जामा काठमाडौं

    फेसबुक

    साँझसँगै टिपरको कब्जामा काठमाडौं

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!