तयारी नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित

14 August, 2019 17:13 |राजनीति | comments | 10500 Views

    लामो समयदेखि थाँती रहेका विषयमा छलफल गर्न बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक तयारी नपुगेको भन्दै पुनः स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष तथा केपी ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिएकोा जानकारी अनुसार बैठक भोलि बिहीबारका लागि सारिएको छ ।

    adsads

    पार्टीको टुंग्याउन बाँकी विषयहरुमा सहमति जुटाउन बुधबार बिहान अध्यक्षद्वयबीच भएको भेटमा ३२ वटा विभाग प्रमुख चयन गर्ने र बाँकी कार्यसूचीतर्फ अघि बढ्ने समझदारी भएको थियो । दुई अध्यक्षबीच ३२ विभागमध्ये पूर्व एमालेले १८ वटा र पूर्वमाओवादी केन्द्रले १४ वटा लिने समझदारी भएको छ ।

    यसका लागि आ–आफ्ना साविक पार्टीमा छलफल गरेर टुंगो लगाउने र सचिवालयको बैठक बसेर पूर्णता दिने निष्कर्षमा दुई अध्यक्ष पुगेको बताइएको छ ।

    यसबीच स्कुल विभागमा पूर्वमाओवादी केन्द्र लचिलो बनेको छ । पार्टी स्कुललगायत अन्य विभागको जिम्मेवारी बाँडफाँटको विषयलाई लिएर अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल छलफलमा जुटिरहेका बेला पूर्वमाओवादी केन्द्रबाट यस्तो धारणा आएको हो । स्कुल विभागमा सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठबीच रस्साकस्सी छ ।

    स्कुल विभागमा टुङ्ग्यो नलागेपछि नेकपा सचिवालय बैठक स्थगित

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More