तरकारीमा विषादी परीक्षणको माग गर्दै तरकारीको माला लगाएर प्रदर्शन

7 July, 2019 18:00 | राजनीति | comments | 31350 Views

सरकारले भारतबाट आयात हुने तरकारीमा जारी राखेको विषादी परीक्षणा स्थगित गरेपछि यसको व्यापक बिरोध भैरहेको छ । यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले तरकारीको माला लगाएर बिरोध प्रदर्शन गरेको छ ।

संघले सीमा नाकामा विषादी परीक्षण गरेर मात्रै भारतीय तरकारी ल्याउन र विषादीयुक्त फलफूल र तरकारी रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको हो ।

  

नेविसंघ पूर्वमहामन्त्री कुन्दन काफ्ले नेतृत्वका नेविसंघ कार्यकर्ताले आइतबार वाल्मिकी क्याम्पसदेखि पुतलीसडक चोकसम्म लौका, गोलभेंडा, सिमीको माला लगाएर प्रदर्शन गरेका हुन् ।

ल्याब खडा गर्न कम्तिमा एक वर्ष लाग्छ
यसैबीच कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले भारत लगायत तेस्रो मुलुकबाट नेपाल आयात गरिने फलफूल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरू गर्न कम्तीमा १ वर्ष लाग्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा विनियोजित बजेटमाथि बैठकमा उठेका प्रश्नको सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सरकारले पूर्वाधार निर्माण गरी ६ महिनापछि परीक्षण सुरू गरिने भने पनि सो अवधिमा घोषणा गरिए अनुसार एकीकृत र प्रविधियुक्त परीक्षण सुरू गर्न नसकिने ठोकुवा गर्नुभएका मन्त्री खनालले भन्नुभयो ६ महिनाभित्र पूर्वाधार तयार गर्ने भनिएको छ । ६ महिनामा मैले भनेको छु सकिँदैन । किनभने हाम्रो खरिद प्रक्रिया आदि इत्यादि ।

उहाँले परीक्षण ल्याब खडा गर्ने हो भने हामीलाई ४ अर्ब रुपैयाँ अर्थसँग माग गरिसकेको र त्यसको खरिद प्रक्रिया पूरा गर्न गरी ९ देखि १० महिना ल्याबहरू खडा गर्न ने बताउनुभयो ।

सभामा मन्त्री खनालले एक नम्बर प्रदेशको विर्तामोड, दुई नम्बरको सर्लाही, ३ नम्बरको कालीमाटी, गण्डकी प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको बुटवल र ७ नम्बर प्रदेशमा रहेका २ वटा विषादी परीक्षण केन्द्रबाट विषादी परीक्षण हुँदै आएकोमा अहिले भने रोकिएको जानकारी दिनुभयो ।

स्वदेशी तरकारी सडकमा भारतको विषादीयुक्त तरकारी घरघरमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More