तराईमा डेङ्गुको प्रकोप- कस्तो हुन्छ लक्षण र के हो बच्ने उपाय ??

12 June, 2019 20:56 | जन सरोकार | comments | 10500 Views

तराईका विभिन्न जिल्लाहरुमा डेङ्गुको संक्रमण बढ्न थालेपछि यसप्रति शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । हेर्दा सामान्य लाग्ने लक्षण डेङ्गु पनि हुनसक्ने भएकाले हामी यसका लक्षण र बच्ने उपायका बारेमा बताउन गैरहेका छौं ।

adsads

एक्कासी उच्च ज्वरो आउनु, ज्वरो पाँचदेखि सात दिनसम्म रहनु ,आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने, शरीर कटकटी दुख्ने, शरीरमा बिमिरा र रक्तश्राव हुने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा रगत रहेको चक्का (निलडाम) देखापर्ने, बेहोश हुने आदि लक्षण देखा पर्नसाथ नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा तुरुन्त जाँच गराउनु पर्दछ ।

डेङ्गुबाट बच्ने मुख्य उपायका रुपमा लामखुट्टेको टोकाइबाट बच्नु, लामखुट्टेको वृद्धि विकासमा नियन्त्रण गर्नु, आफू बस्ने ठाँउ वरिपरि फालिएका खाली बट्टा, टुटे फुटेका कप, बोतल अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने उपाय गर्नु प्रमुख हो ।

त्यसै गरी पानी जमेको स्थानमा हप्ताको दुई पटक पानी वरिपरि डढेको मोविल वा मट्टितेल छर्कने, खानेपानीका ट्याङ्कीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने, खानेपानी ट्याङ्की हप्तैपिच्छे सफा गर्ने कुलरको पानीमा हप्तामा एकदुई चम्मा मट्टितेल हाल्ने, हिप्तै पिच्छे कुलरको पानी सफा गर्नुपर्दछ ।

यस्तै घर वरिपरि पानी जमेको स्थानमा डढेको मोविल तथा मट्टितेल हाल्ने, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको वा पूरा शरीर ढाक्ने लुगा लगाउने र लामखुट्टेबाट वच्ने मलम दल्नु पर्दछ । डेङ्गु ज्वरो विरुद्धको खोप तथा खास उपचारसमेत नभएकाले लामखुट्टेबाट बच्नु रोगबाट बच्ने मुख्य उपाय हो ।

चौध सय बढीमा डेङ्गुको सङ्क्रमण

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!