ताकानावा गेटवे स्टेशनमा रोबोट गाइड र कर्मचारीरहित स्टोर

5 December, 2019 14:49 | जापान , सूचना/प्रविधि | comments | 65250 Views

पूर्वी जापान रेल्वे कम्पनीले ताकानावा गेटवे स्टेशनमा रोबोट गाइड कर्मचारीरहित स्टोर प्रयोगमा ल्याउने जनाएको छ । कम्पनीले मंगलबार दिएको जानकारी अनुसार कृतिम गुप्तचरी संयन्त्रको उपयोग गर्ने एक रोबोटिक गाइड र कर्मचारीरहित स्टोर २०२० को अप्रिलबाट संचालनमा आउनेछ ।

नयाँ स्टेशनले यात्रुलाई आकर्षित गर्ने मात्र हैन कि २०२० को टोकियो ओलम्पिक र पारा ओलम्पिकका लागि एक दर्शनीय स्थलका रुपमा पनि स्थापित हुनेछ कम्पनीका अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार ताकानावा गेटवे स्टेशनको यमनोट लाइन भविष्यका लागि अत्याधुनिक मोडल समेत बनाइनेछ ।

जापान टाइम्सका अनुाि। यो स्टेशनमा जापानी, अंग्रेजी, चिनीया, कोरियाली गरी चार भाषामा राबोट र डिजिटल जानकारी प्रदान गर्नेछ । स्टेशनमा आउँदो वर्ष सेप्टेम्बरसम्म स्वचालित सुरक्षा गस्ती र सफाई कार्यका लागि पनि रोबोटको परीक्षणको आधारमा नियुक्त गरिनेछ ।

  

कर्मचारीरहित स्टोरको दक्षता वद्धिका लागि भाषामा क्यामरा र आँखाको संकेतद्वारा ग्राहकले चाहेको वस्तु चिनेर स्वचालित रुपमा त्यसको मूल्य निर्धारण गरिनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More