तात्दो पृथ्वी- जोखिममा मानव समाज गर्मीका कारण फ्रान्समा दुई महिनामा १५ सयको मृत्यु

10 September, 2019 11:18 |विश्व समाचार | comments | 6000 Views

    विश्व जलवायु परिवर्तनका कारण आक्रान्त बन्दैछ । अहिलेकै गतिमा पृथ्वीको तापक्रम वृद्धि हुने हो भने सन् २०५५ सम्ममा विश्वको जनसंख्या एक अर्बमा सीमित हुने चेतावनीपूर्ण भविष्यवाणी एक दशकअघि नै वैज्ञानिकहरुले दिइसकेका थिए र संकेत यस्तै देखिएको छ ।

    adsads

    वितेका दुई महिनामा फ्रान्समा गर्मीका कारण १५ सयको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५६७ जनाको जुन २४ देखि ७ जुलाईका बीचमा मृत्यु भएको थियो । थप ८६८ जनाको मृत्यु जुलाई २१ देखि २७ मा भएको बताइएको छ । १० जनाको मृत्यु कार्यस्थलमा भएको बताइएको छ ।

    गत जुलाईदेखि जुन महिनामा १,४३५ जनाले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रेन्च रेडियोसँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री यानएस बुएजाले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरमा व्यक्ति रहेको जानकारी दिइन ।

    उनले गर्मी बढेसंगै समयमै अपनाइएको सावधानीका कारण सन् २००३ मा युरोपमा देखापरेको चरम गर्मीको तुलनामा मृत्युदर १० गुणा कम रहेको पनि बताइन । गत जुनमा फ्रान्समा अहिलेसम्मकै सबैभन्दा उच्च तापमान ४६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । जुलाईमा राजधानी पेरिसमा पनि तापमान ४२.६ डिग्री सेल्सियस पुगेको थियो ।

    गर्मी मौसमका बेला फ्रान्सका विभिन्न शहरमा रेड अलर्ट जारी गरिएको थियो। गर्मीबाट बच्न उक्त समयमा धेरै विद्यालय बन्द गर्नेदेखि लिएर सार्वजनिक सभा समारोहमा रोकसम्म लगाइएको थियो । सर्वसाधारणको सुविधाका लागि ठूला पार्क र पौडी खेल्नका लागि निर्माण गरिएका पोखरी कतिपय शहरमा खुला राखिएको थियो ।

    यसै गरी ब्रिटेन, बेल्जियम, जर्मन, लक्जम्बर्ग र नेदरल्याण्ड लगायतका मुलुकले पनि हालसम्मकै सर्वाधिक गर्मी समय रेकर्ड गरेको बताइएको छ ।

    ग्लोबल वार्मिङले निम्तिदैछ यस्तो बिनास- २०५५ सम्म पृथ्वीको जनसंख्या एक अर्बमा खुम्चिने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पोस्ट मनसुन

    फेसबुक

    पोस्ट मनसुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!