तिहारको टीका लगाउन नपाउँदा विदेशबाट दिदीलाई चिठी
सुजन के सी
मेरो शिक्षकले म बिद्यालयमा पढ्दा तिहारको प्रसंगलाई जोडेर प्रश्न गर्नुहुन्थ्यो, हरेक प्रश्नको फटाफट जवाफ दिन कहिल्यै पनि दोस्रो हुन परेन् । यस वर्षको तिहार नजिकै आइपुग्न लाग्दा मेरो गुरुले सोध्नुभएको त्यस्तै प्रसंग अनि बिगतका दिनमा तिहारको टीकाको साइत छोपेर दिदीले जल र तेलको धारा लगाउँदै लगाइदिएको टीका सम्झिरहेको छु । दुबोको त्यान्द्रोले कानमा तेल राखिदिँदा काउकुती लागेर दिदीसँग हाँसेको होसा वा दिदीले उपहार दिएको कपडा अहिले पनि साँचेर राखेको छु ।


स्वदेशमा रहेर हरेक बर्ष दिदीको हातबाट टीका लगाउनु, साथीभाई जम्मा हुनु, घुम्न जानु जस्ता रहर मनमा पालेरै भए पनि परदेशी बन्नुपर्ने बाध्यता रह्यो। बाध्यताले विदेशिएको मलाई अघिपछि पनि दिदीको याद नआउने त कहाँ हो र ? तैपनि यो तिहारको बेलामा झनै बढी सम्झना आउने रहेछ ।
पालो कुरेर पिङ खेल्नुको मज्जा म परदेश पसेर रेल कुर्दा पाइन । दिदी, रेल रफ्तारमा दौडिन्छ अनी पिङ आकाशमा मच्चिन्छ । आजभोलि मच्चेको पिङ सम्झेर मेरा यादहरु हावाको झोकासंगै घर पुग्छन्। दिदी सोचे झैँ जिन्दगी रैनछ बोलको गीत सुनेपछि झन तिम्रो यादले सताउछ, सप्तरंगी रंगको सम्झनाले धेरै रोएको छु दिदी… यहाँ तिम्रो हातको तिहारको सप्तरंगी टीकाको रङको अगाडी सबै रङहरु फिक्का फिक्का छन ।
मेरो दिदी सन्तानकी एक्ली छोरी । जेठी भनौँ या माईली, साईँली भनौँ या कान्छी जे भने तिमी मात्र तिमी । मेरो गुरुले तिहारबारे अब प्रश्न गर्नुभयो भने सायद म अब नाजवाफ हुन सक्छु । धेरै तिहारहरु खाली निधारमै बितेका छन मेरा । न त नेपालमा मेरी दिदीलाई रमाइलो लागेको छ । गुरुले प्रश्न सोध्दा हरेक पटक मैले म भाग्यमानी हुँ किनकी म तिहारमा दिदीको हातबाट सप्तरँगी टीकासँगै मखमली र सयपत्रीको माला लगाउँछु भन्थें । तर आज मलाई थाहा छैन म भाग्यमानी हो या अभागी ? भाग्यमानी थिएँ त हरेक तिहार खाली नछोडी मेरी दिदीको हातबाट टीका ग्रहण गर्न पाएको भए हुने । अभागी हुँ भनौँ त चर्न गएको भाई चारो सम्हालेपछि फर्केर आउनेछ, फेरि पनि दिदीको हातबाट टीका लगाउने छ, फेरि पनि तेलमा चोपेको दुबोको टुप्पोले कानमा काउकुती लगाउने छ ।
दशैँ सम्झँदा बाबु आमाको यादले भक्कानिएको मन अब फेरि तिहार सम्झँदा दिदीको यादले भक्कानिइरहेको छ। दिदी बर्षौँदेखि मेरो निधार खाली छ र मेरो मात्र होइन तिम्रो पनि । अब त उमेरले पनि बिगतलाई पल पलमा सम्झाउने रहेछ । बालापनमा ख्यालख्यालमा लगाएको जस्तो लाग्ने तिहारको टीका अब पाको बेलामा त मुटुमा याद दिलाएर कोपरिहनेतिर बन्ने रहेछ ।
मेरी दिदी यो बर्ष पनि परदेशमा नै छु । अघिल्लै बर्षहरुले अब त यसपाली दिदीको हातको टीका लगाउँछु भन्ने तयारी गरिरहेको हुन्छु । तर गाउँमा पल्तिर पुगेर आउँछु है भनेर घरकासँग सजिलै छुट्टी पाए जस्तो यहाँ नहुँदो रहेछ । मनको रहरलाई आँसुले थिचेर बाध्यतामा रमाउनुपर्ने रहेछ । मनभित्र आएको याद र भएको छटपटीलाई बाहिरबाट कस्ले पो देख्छ र ?
तर, मलाई विश्वास छ मेरी दिदीले मेरो पीडाको महशुस गरेकी छिन् । उनको मनमा पनि मलाई जस्तै भइरहेको छ । यसपाली पनि तिहारको उपहार स्वरुप मलाई दिने कपडा र मिठाई किन्ने बेलामा तिम्रो मनले मलाई सम्झिँदै आफैले आफैलाई भाग्यमानी वा अभागी के हो भनी प्रश्न गर्ने छौँ । र मैले पनि तिमीसँगै प्रश्न गरिरहेछु की तिम्रो भाई भाग्यमानी हो कि अभागी ?
(लेखक हाल फुकुओका जापानमा हुनुहुन्छ)
तपाईंको प्रतिकृया
ताजा समाचार
- विदेशी पर्यटक भित्र्याउन सरकारले पहलकदमी लिनुपर्ने
- प्रधानमन्त्रीे, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखबिरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता
- सीमा अतिक्रमणपछि कञ्चनपुरको प्यारातालमा भारतको गिद्देनजर : नेपाली पक्ष मौन
- पत्रकार महासंघले ठूला मिडियाको लगानीको पारदर्शिता खोज्ने
- “१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


