तीज म्यूजिक अवार्ड –०७५ उत्कृष्ट ५ को मनोनयन सार्बजनिक

6 September, 2018 16:28 | कला/मनोरन्जन , तीज विषेश भिडियोहरु | comments | 19350 Views

नेपाली गीतरसंगीत संस्कृतिले धन्यधान्य छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलिक रुपमा जोगाइराखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’..

तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलिक संगीतको विकाशमा तीज पर्वमा खारगरी महिलाका आवाजहरु गुञ्जिन्छन् । आजभोलि बदलिदो परिस्थितिमा पुरुषहरुका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । वर्तमान तीज संगीत महिला मात्रैको नरहेर पुरुष स्वरमा पनि गुञ्जीन थालेको छ ।

  

तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितिर समेत धकेलिन लागेको आरोप लागिरहन्छ । आरोप–प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै पाँचौं छायाँछबि तीज म्यूजिक अवार्ड –०७५ को आयोजना गर्न लागिएको छायाँछबिका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या करिव ७०० भन्दा पनि माथि छ । तर यी गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहनबाट वञ्चित छन् । यस अवस्थालाई मध्यनजर गर्दै सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टारर्जकले उत्साहित हुने मौका पाउन भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको प्रियको भनाई छ ।

मुलतः मनोरञ्जन भन्दा पनि संस्कृतिको पर्व तीज अवार्डको पाँचौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागि आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । छायाँछबि तीज म्युजिक अवार्ड –०७५ का अध्यक्ष शान्तिप्रियले भने ।

नागोयामा दर खाने कार्यक्रमसंगै तीज बिशेष एकल नृत्य प्रतियोगिता हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More