तीज सामाजिक सद्भाव बढाउने पर्व : मुख्य मन्त्री पोखरेल

2 September, 2019 10:45 | प्रदेश , प्रदेश ५ | comments | 70350 Views

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले हिन्दू नारीको पर्व हरितालिका (तीज), पारिवारिक मिलन र सामाजिक सद्भावको पर्व भएको बताउनुभएको छ । तीजको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पोखरेलले स्वदेश तथा विदेशमा रहनुभएका समस्त महिला दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै युगौँदेखि मानिँदै आएको यो पर्वले नेपालमा सामाजिक र राजनीतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

“जहाँनिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र शाही शासनको कठिन अवस्थामा नेपाली महिलाले गरेको सङ्घर्ष र यो सङ्घर्षमा तीज पर्वको महत्वका बारेमा विशेष स्मरण गर्दछु”, पोखरेलले जारी गर्नुभएको सन्देशमा भनिएको छ ।

  

“जनाधिकार कुण्ठित भएको ती कठिन दिनमा महिलाले तीज गीतमार्फत तत्कालीन राज्यव्यवस्थाविरुद्ध जनमत बलियो बनाउन निकै ठूलो भूमिका खेलेको सबैका सामु छर्लङ्ग छ, तीज पर्वमार्फत राजनीतिक जागरण ल्याएर नागरिकलाई सङ्गठित गर्दै आन्दोलनलाई उत्कर्षमा पु¥याउँदै अहिलेको परिवर्तन सम्भव भएको हो”, सन्देशमा उल्लेख छ ।

जनचाहना र जन आकाङ्क्षाअनुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीज पर्वले सार्थक भूमिका खेल्ने अपेक्षा लिएको बताउँदै पोखरेलले राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर नेपालको संविधान विश्वमै नमूना बनेको स्मरण गर्नुभएको छ ।

“महिलासम्बन्धी विभिन्न हकलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ, संविधानमा व्यवस्थित हक अधिकारको उपभोग गर्दै जाँदा केही वर्षमै व्यवहारिक रुपमा नतिजा देखिने छ, विगतका सङ्घर्षबाट प्राप्त उपलब्धिको सही प्रयोग गरेर समतामूलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा सबै जुट्न म हार्दिक अपिल गर्दछु”, मुख्यन्त्री पोखरेलले सन्देश उल्लेख गर्नुभएको छ ।

उहाँले हरितालिका (तीज) पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व भएको भन्दै पारिवारिक र सामाजिक सामिप्यता बढ्दा मुलुकमा विश्वासको बातावरण बन्ने र राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत मिल्ले बताउनुभएको छ ।

तीजबाट महिलालाई एकताबद्ध भएर अघि बढ्न प्रेरणा मिल्नेः अध्यक्ष तिमिल्सिना


त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हिन्दू नारीहरुको विशेष पर्व हरितालिका (तीज)ले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तीजको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल जस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने अपेक्षा लिएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

“चाडपर्वहरु मनाउँदा मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ, तीजको पनि आफ्नै मौलिकता रहेको छ, तीज लक्षित गीतले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्न चाहन्छु”, अध्यक्ष तिमिल्सिनाद्वारा जारी सन्देशमा उल्लेख छ । उहाँले चाडपर्वहरु मनाउँदा भित्रिन सक्ने सामाजिक विकृतिप्रति सचेत हुँदै खर्चमा मितव्ययिता अपनाउन र पारिवारिक मिलन तथा सामाजिक सद्भाव बढाउने गरी पर्व मनाउन अनुरोध गर्नुभएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा तीजको शुभकामना

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More