तीनहजार पाँचसय नौ मिटरको उचाईमा प्रेमगीत-३ को छायांकन (तस्वीरहरुसहित)

12 December, 2019 15:57 | कला/मनोरन्जन , कलिउड | comments | 15750 Views

२०७६ चैत्र २८ गते प्रदर्शनको मिति तोकेर छायांकनमा गएको ऐतिहासिक कथानक चलचित्र प्रेमगीत ३ को यतिबेला मनाङमा छायांकन भैरहेको छ । डेढ सय वर्षअघिको मनाङको राजाको कथामा आधारित यो चलचित्रको दरबारको दृश्य चोभारमा भव्य सेटमा करिब ५० लाखको निर्माणमा तयार गरी सम्पन्न भएको थियो भने अहिले मनाङको हिमाली क्षेत्रमा  तिब्र गतीमा छायांकन भैरहेको छ ।

adsads

निर्माता सन्तोस सेनले हरेक कामलाई स्तरिय र नयाँ किसिमले गर्दै आएका छन् यसपटक भने सिनेमाको हरेक दिनको छायांकनलाई छायांकन स्थल मै सम्पादन कार्य गराउदै आएका छन जस्को लागि सम्पादन टिम र सिस्टमलाई टिमले काठमाडौंबाटै मनाङ लिएर आएको छ जस्को कारण टिमले सिनेमालाई अझ स्तरिय बनाउने विश्वास लिइएको छ ।

चिसो मौसम ३ हजार ५ सय ९ मिटरको उचाईमा कलाकारहरु सुनील थापा, प्रदीप खड्का, कृष्टिना गुरुङ, सन्तोष सेन, माओत्से गुरुङ, समृद्धि शाही, कृजल गौतम, चक्रबहादुर चन्द लगायत ५० जनाको समूह छायांकनमा व्यस्त छ ।

सन्तोष सेन निर्माता रहेको प्रेमगीत ३ चलचित्रले नेपाली सिनेमा क्षेत्रलाई नयाँ उचाईमा लिने विश्वास आमदर्शक सिनेमा क्षेत्र र राज्यले लिएको छ सन्तोष सेन र छेतन गुरुङको निर्देशनमा तयार भैरहेको चलचित्रमा शिव श्रेष्ठ राजाको भूमिकामा देखा पर्दैछन् यसका लागि चोभारमा दरबारको भव्य सेट लगाएर छायांकन गरिएको थियो ।

पूर्व मन्त्रीका सल्लाहकार एवं सामाजिक अभियन्ता चक्रबहादुर चन्द कार्यकारी निर्माताका रुपमा पहिलोपटक चलचित्र क्षेत्रमा पाइला हाल्दैछन् । उनी वाग्मती सफाई महाअभियान तथा पूर्व पश्चिम राजमार्ग सफाईका सकृय अभियान्ता हुन उनी यस चलचित्रमा अभिनय पनि गर्दैछन् ।

कार्यकारी निर्माता चन्दका अनुसार अहिले चलचित्रको छायांकनका लागि मौसमले राम्रो साथ दिएको छ । हिउँको दृश्य खिच्नुपर्ने समयमा हिउँ परेका कारण चलचित्र निर्माण टोलीले अझ उत्साही भएको चन्दले बताउनुभएको छ ।

चन्दका अनुसार अर्को हप्ता चलचित्र टोली गीतको छायांकनका लागि कविराज गहतराज सहित ५० जनाको टोली काठमाडौं आउँदैछ । अहिले आम दर्शकको अत्याधिक पर्खाइमा रहेको चलचित्र प्रेमगित ३ मा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी,योगिसा खत्री, माओत्से गुरु, लक्ष्मी बर्देवा लगाएत कलाकारहरुको मुख्य भूमिका रहनेछ ।

सन्तोष सेनको प्रेम गीत ३ मा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाहरभुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार सान शाह र ओएसआर डिजिटल सहनिर्मातामा छन् ।

वर्षकै ठूलो फिल्मको रुपमा लिइएको ‘प्रेमगीत–३’ नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिनेछ । यो चलचित्रका माध्यमबाट नेपालको पर्यटन विकासमा पनि ठूलो सहयोग पुग्ने विश्वास चन्दको छ ।

 

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More