तीन दल बैठक निश्कर्ष विहिनः एमाले संविधान संशोधनको विपक्षमा

21 November, 2016 23:27 |राजनीति | comments | 31650 Views

    सत्तारुढ दल नेपाली कांग्रेस र  प्रमुख प्रतिपक्षी नेकपा एमाले बीच बालुवाटारमा भएको बैठक विना निश्कर्ष सकिएको छ ।  संविधान संशोधनका विषयमा कुरा नमिले पछि तीन दलको बैठक बीना उपलब्द्धी सकिएको हो ।

    adsads
    नेकपा एमालेले संविधान संशोधन राष्ट्रहितमा नभएको भनेपछि दलहरुबीच सहमति जुट्न नसकेको हो ।  एमालेले बैठकमा संशोधनको अौचित्य खोजेको थियो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सकिएको बैठकमा  सत्तारुढ दल कांग्रेस माओ‌वादी संशोधनको विषयमा एमाले सहमत नभए पनि संसदमा संशोधनको  प्रस्ताव  पेस गर्ने पक्षमा रहेको छ । सत्ता रुढ दलले एक तर्फी संशोधन प्रस्ताव दर्ता गरे  एमालेले त्यसको विपक्षमा मत हाल्ने जनाएको छ ।

    संविधान संशोधनको विषयमा छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री दाहाल बालुवाटारस्थित निवासमा कांग्रेस र एमालेसहितको बैठक बोलाएका थिए । तर बैठकमा एमालेले संविधान संशोधन गर्न कुनै पनि हालत नदिने अडान एमालले दोहोर्‍याएको थियो ।

    त्यसलगत्तै प्रधानमन्त्री दाहालले दम्भ नदेखाउन ओलीलाई आग्रह गरेका थिए । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी एमाले पुरानै अडानमा कायम रहे पनि बैठकमा ठोस सहमति भएन ।

    यसैगरी गृहमन्त्री एवम् कांग्रेस नेता विमलेन्द्र निधिले सरकार र मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन गर्नुपर्ने भएकाले एमाले सहमतिमा नआए पनि अगाडि बढ्ने बताए । भने सीमांकन, नागरिकता लगायतका चारवटा विषयमा संविधान संशोधन आवश्यक रहेकाले बुधबार मधेस केन्द्रित दलहरुसँग छलफल गरेर आवश्यक निर्णय लिने बताए ।

    यसैगरी माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले संविधानको सर्वस्वीकार्यता बढाउन संशोधन आवश्यक रहेको तर्क गरे ।

    एमालेले बोलि फेरेकाले आफूहरु स्तब्ध भएको बताए । उनले संविधान संशोधन गर्नै दिँदैनौं भन्ने एमाले नेताहरुको अभिव्यक्ति दम्भ, अहंकार र गैरजिम्मेवार भएको आरोप लगाए ।

    ‘पटक-पटकको छलफलमा एमालेले संशोधन प्रस्ताव ल्याउनुस् छलफल गरौंला भनेको थियो । तर आज आउँदा पोजिसन चेन्ज गर्‍यो,’ अनन्तले पत्रकारहरुसँग भने, ‘पार्टीले पोजिसन चेन्ज गर्न त पाउँछ तर संशोधन दर्ता नै रोक्छौं भनेर जिम्मेवार राजनीतिक दलले भन्नु सुहाउने कुरा होइन ।’

    उनले हामीहरु बिना केही पनि हुँदैन भन्नेजस्तो नठान्न एमालेलाई आग्रह गरे । एमालेको निर्णयलाई सत्ता साझेदार दलहरुले अन्यथा नलिएको भन्दै उनले भने, ‘भोलि या पर्सि मधेसी मोर्चासँग छलफल गर्छौं र अगाडि बढ्छौं ।’

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!