छिटफुट वर्षा छिटफुट वर्षा

  • छिटफुट वर्षा
  • छिटफुट वर्षा
  • छिटफुट वर्षा
  • छिटफुट वर्षा
  • छिटफुट वर्षा

तीन दिन चट्याङसहित वर्षा हुने (तीन दिनको मौसम अनुमानसहित)

17 September, 2019 11:24 | जल/वातावरण/स्वास्थ्य | comments | 10500 Views

असोज लाग्नै लाग्दा देशको मौसममा एकाएक दबली भएको छ । भदौ ३० गते सोमबार साँझदेखि सुरु भएको मौसम बदली अबको तीन दिनसम्म जारी रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

ads ads

शाखाले मंगलबार देशैभरी बदली रही पानी पर्ने बिहान ६ बजे ३ दिनको मौसम पूर्नुमान बुलेटिन प्रकाशित गर्दै जनाएको हो । हाल पूर्वी तराई, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ भने बाँकि भु(भागमा पनि आंशिक देखि सामान्य बादलीको अवस्था रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखाको पश्चिमी भाग औषत स्थानको आशापास रहेको र पुर्वी भाग औषत स्थान भन्दा थोरै उत्तरतर्फ रहेको छ । यसका साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भाग र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापिय प्रणाली रहेका छ भने बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाका कारण देशभर मनसुनी गतिविधि बढेको उसले जनाएको छ ।

विभागका अनुसार ३ दिनको मौसम निम्नानुसार हुनेछ-

भाद्र ३१ गते (मंगलबार)

दिउँसो: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पूर्बी भुभागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य र पश्चिमका थोरै र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०१ गते (बुधबार)

दिउँसो: देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा र देशका बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभर पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०२ गते (बिहीबार)

दिउँसो: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

राती: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
छिटफुट वर्षा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More