तेक्वान्दोमा चितवनलाई सात स्वर्ण

2 November, 2014 16:49 | खेल , मध्यमाञ्चल | comments | 32550 Views

चितवनको रत्ननगरमा भएको ४२औँ खुल्ला रत्ननगर आमन्त्रण तेक्वान्दो प्रतियोगितामा चितवन प्रथम भएको छ । कुल पदकमध्ये सात स्वर्ण, सात रजत र २२ कास्य पदकसहित चितवन प्रथम भएको हो ।

तेह्र स्वर्णमध्ये चितवन जिल्ला तेक्वान्दो सङ्घले सातवटा स्वर्ण हात पारेको हो । रत्ननगर तेक्वान्दो डोजाङ र पूर्वी चितवन तेक्वान्दो डोजाङले समान १÷१ स्वर्ण पदक जितेको प्रतियोगिताका संयोजक एवम् अन्तर्राष्ट्रिय निर्णायक पुष्पराज जोशीले जानकारी दिनुभयो । त्यस्तै, आयोजक रत्ननगर तेक्वान्दो डोजाङले एक स्वर्ण, तीन रजत र पाँच कास्यसहित तृतीय भएको जोशीले बताउनुभयो ।

प्रतियोगितामा पर्सा जिल्लाले एक स्वर्ण र तीन रजत पदक प्राप्त ग¥यो । भारतका विभिन्न छवटा टोलीले सहभागिता जनाएको सो प्रतियोगितामा तिनीहरुले दुई स्वर्ण र चार रजत पदक प्राप्त ग¥यो । यसैगरी, रत्ननगर तेक्वान्दो डोजाङ, पूर्वी चितवन तेक्वान्दो डोजाङ, हेटाँैडा र वीरगन्जले समान १÷१ स्वर्ण पदक प्राप्त गरेको तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक किरण श्रेष्ठले जानकारी दिनुभयो ।

  

कुल १३ रजत पदकका लागि भएको स्पर्धामा भारतले चार रजत पदक प्राप्त गरेको थियो । यस्तै, रत्ननगर तेक्वान्दो डोजाङ र वीरगन्जले समान दुई रजत पदक प्राप्त गर्दा चितवन जिल्ला तेक्वान्दो सङ्घ, आयोजक रत्ननगर तेक्वान्दो डोजाङ, पश्चिम चितवन र हेटौँडाले समान एक–एक रजत पदक प्राप्त गरे । प्रतियोगिताअन्तर्गत भएको महिला एक पुम्सेमा भारतले स्वर्ण पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा चितवन जिल्ला तेक्वान्दो सङ्घकी लक्ष्मी लामालाई पराजित गर्दै भारतकी जोन अग्रवालले स्वर्ण पदक जितिन् । प्रतियोगितामा मुख्य जुरी अन्तर्राष्ट्रिय निर्णायक पुष्पराज जोशी र रोशन खान रहेका थिए । रत्ननगर तेक्वान्दो डोजाङ र रत्ननगर नगरपालिकाको सयुक्त आयोजनामा कात्तिक १४ र १५ गते रत्ननगरमा भएको १३ वटा तौल समूहको प्रतिस्पर्धामा १५० जना खेलाडीको सहभागिता थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More