तेस्रो स्वर्ण जित्दै इतिहास रचिन गौरिकाले : जुडोमा देवीकाले दिलाइन स्वर्ण

8 December, 2019 20:49 | खेल | comments | 27600 Views

नेपाली जलपरी गौरिका सिंहदले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेस्रो स्वर्णपदक जितेकी छिन् । आइतबार पौडी अन्तरगत ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरी गरिन् । ४ मिनेट २६.२२ मिनेटमा निर्धारित दुरी पार गरेकी भारतकी सिभांगी शर्माले रजत र ४ मिनेट ४१.९१ मा दुरी पार गरेकी श्रीलंकाकी रमुदी नुरालाले काश्य जितेकी छन् ।

  

यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

उनले २०० मिटर फ्री स्टायल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । यस्तै १०० मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी छन् भने महिला ४ सय मिटर फ्री स्टायलमा गौरिकासहितको टिमले काश्य जितेको छ ।

त्यस्तै आइतबार नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् । उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More