तेह्रौँ साग : क्रिकेटमा पुरुष टोली विजयी महिला टोली पराजित

6 December, 2019 20:45 | खेल | comments | 7200 Views

काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा अन्तर्गत शुक्रबारको खेलमा नेपाल विजयी भएको छ भने महिला क्रिकेट टोली पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार नेपालले माल्दिभ्सलाई ८४ रनले हरायो भने पोखरामा लिग चरणको अन्तिम खेलमा नेपाली महिला टोली श्रीलङ्कासँग ४१ रनले पराजित भयो ।

adsads

टस जितेर व्याटिङ रोजेको नेपालले पहिलो व्याटिङ गरेको नेपालका लागि करण केसीले नटआउट ४० रन, दिपेन्द्रसिंह ऐरीले ३९ रन, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले १९–१९ रनमात्र जोडेका थिए । नेपालका सुसन भारी र ललितनारायण राजवंशीले दुईदुई विकेट लिएका थिए भने पवन सरार्फले एक विकेट लिए ।

माल्दिभ्सका लागि मोहम्मद आजमले नटआउट १७ र इब्राहिम हसनले नटआउट १२ रन जोडे । सँगै मोहम्मद रिजवानले १३ र अलि इभानले १३ रन जोडे । नेपालको बलिङसामु कमजोर सावित हुँदा माल्दिभ्स पराजित भएको हो ।

उता पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । जीतका लागि ११९ रनको मध्यमस्तरको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सफल भयो ।

नेपालकी कप्तान रुविना क्षेत्रीले टोलीका लागि सर्वाधिक १९ रन जोडिन् भने कविता कुँवरले अविजित १३ रन जोडेकी थिइन् । सोनु खड्का र सरस्वती चौधरीले बङ्गलादेशका दुई÷दुई विकेट लिएका थिए भने अञ्जली चन्दले एक विकेट लिइन् ।

श्रीलङ्काकी अप्सरा लिचिनीले सर्वाधिक ३७ रन बनाइन् । सत्ताइस बल सामना गरेकी उनले चार चौका प्रहार गरेकी थिइन् । नेपालको महत्वपूर्ण चार विकेट लिएकी श्रीलङ्काकी सचिनी निशानसाला खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

श्रीलङ्कासँगको पराजयसँगै नेपालको महिला क्रिकेटको फाइनल खेल्ने सपना समाप्त भएको छ । नेपालले अब शनिबार माल्दिभ्ससँग कास्य पदकका लागि स्पर्धा गर्नेछ । नेपालसँग जीत हासिल गरेको श्रीलङ्काले यही मङ्सिर २३ गते बङ्गलादेशसँग स्वर्णका लागि स्पर्धा गर्नेछ ।

नेपाली टोलीकी कप्तान क्षेत्रीले फिल्डिङ र बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसक्दा पराजय बेर्होनु परेको बताउनुभयो । श्रीलङ्का टोलीकी कप्तान हर्सिताले फाइनलमा आफ्नो टोलीले स्वर्णका लागि कडा टक्कर दिने प्रतिक्रिया दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More