‘तेह्रौँ साग’ यसै वर्ष हुने- मुलपानी क्रिकेट रंगशाला दुई वर्षभित्र

3 May, 2019 23:03 | खेल | comments | 10950 Views

सरकारले आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरी सन् २०१९ भित्रै तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को बैठकमा प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रमा यसै वर्षभित्र तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता नेपालमा नै आयोजना गर्ने उल्लेख गरिएको छ ।

adsads

काठमाडौँको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याइने सरकारको नीति तथा कार्यक्रमा उल्लेख छ । निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेट लगायतका खेल मैदानको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्नेछ ।

त्यसैगरी क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरिने र काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय खेलकूद परिसर निर्माण गर्न आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने उल्लेख छ । सबै प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला र स्थानीय तहमा दीर्घकालीन महत्वका खेलग्रामको निर्माण, विकास र विस्तार गर्ने कार्यलाई तीव्रता दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

कहिले तयार हुन्छ मुलपानी क्रिकेट मैदान ?(भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More