त्रिधार्मिकस्थल हलेसी खुला गरिएपछिको रौनक (भिडियोसहित)
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आउने दर्शनार्थीको पूजाआजा नरोकिने गरी मुख्य गुफा (महादेव–पार्वती थान) र बसाहा गुफा प्रवेशमा रोक लगाइएको आठ महिनापछि पुनः खुला गरिएको हो ।
हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी विश्वभर एकैसाथ महामारीका रूपमा कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै बन्द गरिएको थियो । मुलुकका महत्वपूर्ण धार्मिकस्थल खुला गरी भक्तजन प्रवेश गराइएको तथ्यहरू उल्लेख गर्दै हलेसी तुवाचुङ नगरपालिकाले सूचना जारी गरेर जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तीर्थालु भक्तजनलाई मन्दिर प्रवेशमा खुला गरिएको जानकारी दिएको छ ।


नगरप्रमुख इवन राईले मङ्गलबार जारी गर्नुभएको सूचनामा मूल गेटबाट एक पटकमा दशजना दर्शनार्थीमात्र मन्दिरभित्र प्रवेश गराइने, मन्दिर प्रवेशका क्रममा भक्तजनले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, मन्दिरको भित्री परिसरमा फूल, अक्षता, अगरबत्ती जस्ता पूजाका सामग्री लैजान नपाइने, पूजा सामग्री नलैजाने व्यवस्थाका लागि मन्दिरको बाहिरी परिसरमा आवश्यक व्यवस्था मिलाइने उल्लेख छ । मन्दिरमा खटिएका स्वयम्सेवक तथा सुरक्षामर्कीले भक्तजनलाई लाइनमा बस्ने लगायतका आवश्यक प्रबन्ध मिलाउने तथा कोभिड–१९ को महामारीले प्रतिकूल असर पर्ने सम्भावना देखिए स्थानीय प्रशासनसँगको समन्वयमा जुनसुकै बेला पुनः मन्दिर प्रवेशमा रोक लगाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
उता हलेसी विकास समितिले भने सङ्घीय सरकार मातहतको हलेसी मन्दिर खुलाउने बारेमा आफूहरूसँग परामर्श नगरी नगरपालिकाले ठाडो हस्तक्षेप गरेर बन्द रहेको मन्दिर खुलाएको गुनासो गरेको छ । समितिका अध्यक्ष टङ्क राईले मन्दिर खोल्ने कुरामा समितिको विमती नरहेको तर नगरपालिकाले विनापरामर्श अधिकार क्षेत्रभन्दा बाहिर रहेर मन्दिर खोलेकामा भने आफूहरूको विरोध रहेको बताउनुभएको छ ।
नगरप्रमुख राईले भने बन्द रहेको हलेसी मन्दिर सरोकारवाला सबैसँग परामर्श गरेर नै खुलाइएको जानकारी दिनुभएको छ । “मन्दिर खोल्ने विषयमा विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलसँग पटकपटक कुराकानी भएको छ”, उहाँले भन्नुभयो, “ सांसद विशाल भट्टराईले समेत बन्द रहेको हलेसी मन्दिर खोल्न आग्रह गर्नुभएपछि नगरपालिकाका तर्फबाट सार्वजनिक सूचना निकाल्न अगाडि सरोकारवाला सबैसँग परामर्श गरेर औपचारिक रूपमा खुलाइएको हो ।”
लामो समय बन्द रहेको मन्दिर खुलेपछि हलेसीमा दर्शनार्थी तथा भक्तजनको घुइँचो लाग्न थालेको व्यवसायीहरूले बताएका छन् । करीब आठ महिनादेखि व्यवसाय बन्द भएको होटल व्यवसायीसमेत मन्दिर खुलेपछि हर्षित भएका छन् । प्राकृतिक रूपमा समेत विश्व प्रसिद्ध हलेसीमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भूटान, चीनको तिब्बत लगायतका देशबाट दर्शनार्थी तथा भक्तजन आउने गरेका छन् । दर्शनार्थी र पर्यटकको बाह्रै महिना उत्तिकै घुइँचो लाग्ने त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, हरिबोधनी एकादशी, हरितालिका तीज, बुद्धजयन्ती, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ ।
विश्वप्रसिद्ध हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माण गर्न सांसद भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको छ । भट्टराईको नेतृत्वमा बनेको समितिले अहिले विज्ञसँगको सल्लाहमा हलेसीको दीर्घकालीन गुरुयोजना निर्माणको काम गरिरहेको जनाइएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- नेकपाको आधिकारिकता आफूहरुसंग रहेको माधव नेपालको दावी
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
- शैक्षिकसत्र जेठसम्म लम्ब्याउने शिक्षा मन्त्रालयको तयारी
- घोषणा गरेकै समयमा चुनाव हुनेछ : प्रधानमन्त्री ओली
- “आरोपपत्र फिर्ता लिएर निर्वाचनमा आए पार्टी एकता जोगाउन सकिने”
- कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


