माथिल्लो त्रिशूली थ्री ‘बी’ माथिल्लो त्रिशूली थ्री ‘बी’

  • माथिल्लो त्रिशूली थ्री ‘बी’
  • माथिल्लो त्रिशूली थ्री ‘बी’
  • माथिल्लो त्रिशूली थ्री ‘बी’
  • माथिल्लो त्रिशूली थ्री ‘बी’
  • माथिल्लो त्रिशूली थ्री ‘बी’
  • माथिल्लो त्रिशूली थ्री ‘बी’

त्रिशूली थ्री बी सवस्टेशन निर्माणको अवरोध हट्यो

18 May, 2019 11:00 | अर्थ | comments | 12750 Views

माथिल्लो त्रिशूली थ्री ‘बी’

त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माणमा जाने तयारीमा रहेका करीब ६०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न महत्वपूर्ण मानिएको त्रिशूली थ्री बी हव सवस्टेशन निर्माणमा देखिएको अवरोध हटेको छ ।केही स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि गरेको अवरोध शुक्रबारदेखि हटेको र निर्माण शुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

adsads

सो सबस्टेशनको क्षमता २२० केभी रहेको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पहिरेबेंसीमा निर्माणाधीन सवस्टेशनको काम केही स्थानीयले नियतबस रोकेको प्राधिकरणको भनाइ छ ।त्रिशूली नदी किनारमा बनिरहेको सवस्टेशनमा रसुवाको उत्तरगया–४ का केही स्थानीयले निर्माणमा अवरोध गरेका थिए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको निर्माणस्थल निरीक्षण गर्नुभएको थियो ।

“नियतबस काममा अवरोध गरेको पाइयो, त्यही भएर जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई सुरक्षा प्रबन्ध गरिदिन आग्रह गरिएको छ । आयोजनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन भएको छ”, घिसिङले भन्नुभयो । कार्यकारी निर्देशक घिसिङको आग्रहपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आयोजनास्थलमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

यो सबस्टेसन आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन, १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि सोही सबस्टेशनको निर्माण सकिनैपर्ने हुन्छ ।

त्रिशूली नदी किनारमा सवस्टेशनको पर्खाल लगाउँदा स्थानीयले विरोध गरेका थिए । आयोजनाले बगरमा निर्माण गरिरहेको पर्खालमाथि सार्न माग गरेका थिए । स्थानीयको मागलाई प्राधिकरणले सम्बोधन गरिसकेको छ । त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करीब ६०० मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेशनको निर्माण गर्न लागिएको हो ।

आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैंक, युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण रहनेछ । आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ । सबस्टेशनको अगामी पुसभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
माथिल्लो त्रिशूली थ्री ‘बी’

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

फेसबुक

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!