थकित र निराश छन् जापानमा विदेशी विद्यार्थी (अनुसन्धानात्मक रिपोर्ट)

9 July, 2019 22:02 |जापान | comments | 484200 Views

    सपनाको देश बन्दैछ जापान विदेशीहरुका लागि तापनि अध्ययन र रोजगारी दुबैको ठूलो सम्भावना देखिने जापानमा अध्ययन सोचेजस्तै सहज छ वा कठिन छ भन्ने विषयमा जापानी समाचार संस्था एनएचकेले हालै एक भिडियो रिपोर्ट सार्वजनिक गरेको छ । सो अध्ययनका क्रममा टोकियो युनिभर्सिटीमा रिसर्च विद्यार्थी रहेका लिल थापाले “आफूले जापानी भाषा विद्यालयमा दुख पाएको र रिसर्च विद्यार्थी भएको नाताले आफ्नो भविष्य नभएको” प्रतिक्रिया दिए ।

    adsads

    एनएचके गत जुलाई ६ मा जापानमा अध्ययनरत विदेशी विद्यार्थीका विषयमा एक भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियोमा जापानमा रहेका विद्यार्थीको समस्याका विषयमा जानकरी दिएको थियो । त्यही भिडियोलाई आधार मानेर जापानमा रहेका विदेशी विद्यार्थीको विषयमा चर्चा गर्नेछौं ।

    जापानका विश्वविद्यालयहरुबाट पछिल्लो तीन वर्षमा १६०० जना विद्यार्थी गायब भएका छन् । उनीहरु कहाँ छन् ? त्यो विषय भने अज्ञात छ । यस विषयमा जापान सरकारले खोज र अनुसन्धान गरे पनि यसको निचोड निस्केको छैन । कतिपयले भने हराएका विद्यार्थीहरु जापानी भाषा पढ्न गार्हो भएका कारण पढ्न छोडेको बताउँदै आएका छन् ।

    जापानले सन २०२० सम्म तीन लाख विदेशी विद्यार्थी भित्र्याउने लक्ष्य राखेको छ । जसले गर्दा जापानमा पछिल्लो १० वर्षमा विदेशी विद्यार्थीहरू पढाउने भाषा विद्यालयको सङ्ख्या दुई गुणाले बढेको छ भने विद्यार्थीको संख्यामा कमी आइरहेको छ । अहिले जापानी भाषा विद्यालयले विदेश विद्यार्थीहरुलाई सामाजिक श्रमिकको रुपमा लक्षित गरिएको छ ।

    जापानी भाषा विद्यालयका एक पूर्व कर्मचारी भन्छन् जापानमा भाषा विद्यालय एक विद्यालयका रुपमा मात्र कायम छ र यिनको काम र क्रियाकलाप अर्कै भैरहेको छ । अहिले जापानमा विदेशी विद्यार्थीहरु कामको तनावले गर्दा विद्यालयमा निदाइरहेका हुन्छन । विदेश भाषा विद्यालयमा पढ्न महँगो भएकाले खर्च जुटाउन उनीहरु पार्ट टाईम काम गर्छन जसले गर्दा उनीहरु थकित हुने गरेका छन् जसले गर्दा उनीहरु पढाई छाड्ने गरेका छन् ।

    जापानी कानुमा पार्ट टाइम काम हप्ताको २८ घण्टा मात्र गर्न पाइने भए पनि विदेशी विद्यार्थीले पढ्न र खानलाई रकम अभाव हुने गरेकोले उनीहरु पढाई बाहेक विहान र रातिको समयमा काम गर्दै आएका छन् । जापानी भाषा विद्यालय पढ्न गएकी एक फिलिफिनी विद्याथी भन्छिन- “मलाई लाग्थ्यो जापान स्वर्ग हो तर यहाँ आएपछि थाहा भयो सोचेको जस्तो रहेनछ जापान ।”

    टोकियोको छिमेकी शहर शिनओकोबुले विश्वको मनिसलाई आकर्षित गरेको छ । तर यहि शहरको एक गगनचुम्बी भवनमा रहेको शिन्का कम्पनी लिमिटेडमा विदेशी विद्यार्थी विहानखि रातिसम्म परामर्श लिन पुग्छन् । अहिले टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेयरमा विद्यार्थीको संख्या बढ्दै गएको छ ।

    टोकियो युनिभर्सिटीमा अध्ययनरत एक नेपाली रिसर्च विद्यार्थी लिल थापाले “आफूले जापानी भाषा विद्यालयमा दुख पाएको बताए । उनले आफ्रू एक रिसर्च विद्यार्थी भएको नाताले आफ्नो भविष्य छैन।”

    थापाले आफ्नो लक्ष्य आइटी इन्जिनियर बन्ने रहेको तर पढाई आफूले सोचेको भन्दा भिन्न रहेको र पहिलो छ महिनाको पढाई शुल्क र ट्युसनको लागि मात्र ३ हजार २ सय डलर तिरेको बताए । थापाले किताव पनि जापानी मूल वक्ताको लागि तयार गरिएको पढाएको र आफूलाई निकै गार्हो भएको र शिक्षकले पढाएको पनि नबुझेको भन्दै दुख पोखे । उनले दुःखेसो पोख्दै भने जापान पढ्न आएको थिए तर जापानले मेरो छवि परिवर्तन गर्यो ।

    एनएचकेले सार्वजनिक गरेको भिडियोमा विदेशी विद्यार्थीले पहिले जापानी भाषा विद्यालयमा पढ्ने त्यसपछि युनिभर्सिटी र भोकेशनल विद्यालयमा पढ्नु पर्ने देखाएको छ । टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेयरमा एक भिन्न समूह रिसर्च विद्यार्थीको लागि बनाइएको छ जसले एक वर्ष युनिभर्सिटीको अधिनमा रहेर पढ्नु पर्दछ । यसको विपरीत अन्य विभागको रिसर्च लागतको लागि निश्चित कोटा हुनेछैन । तर आवेदन फेरि शुरु गर्ने कि नगर्ने भन्ने निर्णय भने युमिभर्सिटीको रहनेछ ।

    टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेयर गत ६ वर्षमा ५ जना मात्र रिसर्च विद्यार्थी रहेकोमा गत वर्ष २६५६ ग्य्राजुयट भए । टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेयरका पूर्व अध्यक्ष सुनेओ नाकाजिमाले “जापानमा अध्ययनको लागि विभिन्न राष्ट्रहरुबाट धेरैभन्दा धेरै विद्यार्थी ल्याउनुपर्ने भन्दै आफूले २००० रिसर्च विद्यार्थी नामांकन गर्ने योजना बनाएको” बताए । “२००० रिसर्च विद्यार्थीबाट ४ वर्षमा ११० मिलियन डलर ल्याउन सकिने बताए । यस्तो योजना अन्य कुनै युनिभर्सिटीले नगरेको भन्दै यो योजना सही र उपयोगी रहेको” बताए ।

    टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेयरले भने रिसर्ज विद्यार्थीको संख्यामा वृद्धि गर्ने पूर्व अध्यक्षद्वारा गरिएको टिप्पणी निजी रहेको र । विश्वविद्यालयसंग सम्बन्धित नरहेको बतायो । युनिभर्सिटीले जव हामी आफ्नो प्रवर्द्धनमा सुधार गर्न चाहन्छौ कि हामी पहिलो पटक विद्यार्थीलाई आग्रह गर्न बन्द गर्दछौँ ।

    टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेयरका विषयमा गरिएको एक सर्वेक्षणमा “तपाई किन रिसर्ज विद्यार्थी बन्न चाहनुहुन्छ ?” भन्ने प्रश्नमा लगभग ७० प्रतिशत विद्यार्थी पढ्न चाहन्छन् र नियमित विद्यार्थीमा यसमा सहभागी छन् । त्यस्तै “किन धेरै रिसर्ज विद्यार्थी गायब हुन्छन ?” भन्ने प्रश्नमा ४६ प्रतिशतले पढाएको बुझ्न निकै गाह्रो हुने उत्तर दिए भने १८ प्रतिशत अयोग्य शिक्षण वा सुविधाहरूको कारण गायव हुन्छन भन्ने उत्तर दिए ।

    शोइची इबुसुकी वकिल भन्छन- “विद्यार्थीहरुले जापानी भाषा विद्यालय छोड्ने गर्दछ काम निकै गलत हो र समस्याको समाधान गर्न जापान सरकारले जापानी भाषा विद्यालयमा अनुसन्धान गर्नुपर्छ । मलाई लाग्छ कि यस्तो समस्या अन्य संस्थामा पनि छ । किनभने विदेशी विद्यार्थी २८ घण्टा भन्दा बढी काम गर्छन र उनीहरु थकित हुन्छन र पढ्न छोड्ने गर्छन ।”

    शिक्षा मन्त्रालयले टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेयरका लागि नयाँ विदेशी रिसर्च विद्यार्थीको नामांकन निलम्बित गर्न निर्देशन दिएको छ भने इमिग्रेशन सर्भिसेस एजेन्सीले त्यस्ता विदेशी विद्यार्थीको भिसाको आवेदन अस्वीकार गर्नु भनेको छ । त्यस्तै अन्य संस्थाको लागि शिक्षा मन्त्रालयको लागि नीति साक्षात्कार, आवश्यक निरीक्षण माथि विचार गर्नु पर्दछ ।

    टोकियो इंस्टीट्यूट अफ युनिभर्सिटीका एसोसिएट प्रोफेसर युरिको सातो “विदेश विद्यार्थीको लागि जापान आउने क्रम वृद्धि भैरहेको” बताउँछिन् । दक्षिण कोरिया र चीनबाट लगभग ७०-८० प्रतिशत विदेशी विद्यार्थीहरु अध्ययनको लागि जापान आउने गर्छन किन कि यी राष्ट्रमा खान्जी भाषाको प्रयोग हुन्छ । तर २०११ को विनाशकारी भूकम्प र सुनामीको कारण दक्षिण कोरिया र चीनबाट आउने विदेशी विद्यार्थीको संख्या भने घटेको पाइन्छ ।

    त्यसपछि जापानले भियतनाम र नेपाल जस्ता खान्जी भाषा प्रयोग नहुने राष्ट्रबाट जापानी भाषा अध्ययनका लागि जापान आउने क्रम बढेको बताइन् । उनले नेपाल भियतनाम जस्ता राष्ट्रको युवा उच्चशिक्षाको सपना बोकेर जापान आउने गरेको तर खान्जी भाषा प्रयोग नगर्ने राष्ट्रका विदेशी विद्यार्थीलाई जापानी भाषा सिक्नको लागि धेरै समय लाग्ने बताइन् ।

    विशेष गरी जापानी विदेशी विद्यार्थीको भेट प्रायः ट्रेन स्टेशन र बस स्टपमा हुने गर्दछ । उनीहरु पार्ट टाईम कामको आफ्नो गन्तब्यस्थल जाने क्रममा भेट हुन्छ । जापानी भाषा विद्यालयमा अध्ययन खर्च बढी लाग्ने गरेका कारण कोही विद्यार्थी तोकिएको २८ घन्टा भन्दा पनि काम गर्ने गर्दछन्, जसले गर्दा उनीहरु धेरै थकित हुने गर्दछन् ।

    भियतनाम एक विद्यार्थीले “आफूले दुई ठाउमा काम गर्ने गरेको र थकित हुने गरेको कारण पढ्न नसकेको बताउँदै आफू एक्लो भएको र आफ्नो भविष्य के हुन्छ” भन्नेमा चिन्ता व्यक्त गरे ।

    हुनत् जापानमा छात्रवृत्तिको पनि व्यवस्था छ । भियतनामकै एक विदेशी विद्यार्थी “आफूले छात्रवृत्ति पाएकोमा खुशी हुँदै आफूले दैनिक १०-१२ घण्टा जापानी भाषा पढ्ने गरेको” बताए । जापानमा हाल करिव ७ सय ५० वटा जापानी भाषा विद्यालयहरू रहेको आप्रवासन अधिकारीहरूको भनाई छ ।

    खराब शैक्षिक स्तर र विद्यालयको लापरबाहीका कारण भाषा विद्यालयहरूको आलोचना हुने क्रम बढेपछि आप्रवासन अधिकारीहरूले नयाँ नियम लागू गर्ने तयारी गरेका छन् । यो नियम लागू भएपछि अब विदेशी विद्यार्थीहरूले अध्ययन बाहेक बाहिर धेरै समय काम गर्न पाउने छैनन् ।

    नयाँ नियम विद्यालयहरूले अनिवार्य पालना गर्नुपर्नेछ । जस अनुसार हरेक ६ महिनामा कुल विद्यालय समयको कम्तिमा ७० प्रतिशत समय विद्यार्थीहरू कक्षामा अनिवार्य उपस्थित भएको हुनुपर्नेछ । हालको नियममा अनिवार्य उपस्थितिको यो प्रतिशत ५० वा त्यो भन्दा बढी हुनुपर्ने छ ।

    तर अब विद्यार्थीहरूलाई ७० प्रतिशत विद्यालयमा उपस्थित गराउन नसकेमा विद्यालयहरूले नयाँ शैक्षिक सत्रबाट थप विदेशी विद्यार्थी भर्ना गर्न पनि पाउने छैनन् । भाषा विद्यालयहरूलाई पढाई स्तर सुधार गर्न र विद्यार्थी उपस्थिति बढाउन कडा नियम बाँध्दै आप्रवासन अधिकारीहरूले विद्यार्थीहरूको परीक्षामा उत्तीर्णको संख्यामा समेत निश्चित प्रतिशत तोकेका छन् ।

    त्यसो त विश्वविद्यालयहरुबाटै हजारौं विद्यार्थी गायब भएपछि जापान सरकारले यसप्रति गम्भीर चासो दिएको छ । अधिकारीहरूका अनुसार आधिकांश विद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरुले अध्ययनको समयमा समेत विद्यालयमा उपस्थित नभई तोकेको भन्दा बढी समय काम गर्ने गरेको गुनासो बढेपछि सो नियम ल्याउन लागिएको हो ।

    – यादब देवकोटा/सन्दीप भट्टराई

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    फेसबुक

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!