जापानी भाषा जापानी भाषा

  • जापानी भाषा
  • जापानी भाषा
  • जापानी भाषा
  • जापानी भाषा
  • जापानी भाषा

थप ५० नेपालीले जापानमा छात्रवृत्ति पाउने

3 August, 2020 00:30 | जापान | comments | 81150 Views

जापानमा अध्ययनरत थप ५० नेपाली विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । विभिन्न देशका झण्डै ४८० विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको इन्टरनेशनल ह्युुमन रिसोर्स नेटवर्क अर्गनाइजेसनले उक्त छात्रवृत्ति दिने भएको हो ।

सो संस्थालाई जापानमा कौएकी जाइदान हौजिन भनिन्छ । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको उपस्थितिमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बारेमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले प्रत्येक महिना रु ३० हजारका दरले दुई वर्षसम्म उक्त रकम पाउने छात्रवृत्तिका लागि सहयोगी भूमिका निर्वाह गरिरहेका कोएकी जाइदान होजिनमा कार्यरत कमल बाँस्तोलाले बताउनुभयो ।

  

छात्रवृत्तिको लागि सिफारिस भने गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) जापानले गर्ने भएको छ । एनआरएनए जापानले आर्थिक अवस्था कमजोर रहेका र जापान आएपछि जापान सरकारले तोकेको मापदण्डमा रहेर बस्दै आए, नआएको भन्ने आधारमा छनोट गर्नेछ । (रासस)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापानी भाषा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More