थरुहट कार्यकर्ताले कैलालीमा ट्रक जलाए

15 August, 2015 17:03 | राजनीति , सुदुर पश्चिमाञ्चल | comments | 121050 Views

शनिवार बिहान थरुहटका कार्यकर्ताले सुदुरपश्चिमको कैलाली जिल्लाको चौमाला क्षेत्रमा वीरगञ्जबाट महेन्द्रनगरका लागि कुखुराको दाना बोकेर आईरहेको ना ४ ख ८४ ८८ नम्वरको ट्रकमा आगजनी गरेका छन् ।

dhangadi

शनिवार विहान अढाई बजेतिर कैलालीको चौमला–७ स्थित कालिका सामुदायिक वन नजिकै आगजनी गरिएको हो । आग जनीवाट ट्रकको ईन्जिन भएको अगाडीको भागसंगै ट्रकमा ल्याईदै गरेको कुखुराको दाना पनि पुर्ण रुपमा जलेको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ । चालक गणेश बहादुर मल्लले ६/७ वटा मोटरसाईकलमा आएका चौधरी समुदायका ब्यक्तिले बन्दमा किन गाडी चलाएको भन्दै आगजनी गरेको बताएका छन ।

  

हातहातमा टायरमा कपडा बेरेको मसाल र पेट्रोलको बोतल ल्याएर आएका उनीहरुले, ट्रक रोकेर पेट्रोल छर्दै आगजनी गरेका चालक मल्ललाई उदृध गर्दै ईलाका प्रहरी कार्यालय चौमालाका प्रहरी नायव निरीक्षक शंकर पन्तले जानकारी दिए ।

ट्रकमा लगाईएको आगो, ईलाका प्रहरी कार्यालय चौमालाबाट गएको प्रहरी टोलीले निभाएको थियो । ट्रक धनगढीका मदन राज जोशीको भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले आगजनी गर्ने थरुहटका कार्यकर्ताको खोजी भइरहेको बताए छन् ।

उनले, संयुक्त थारु संघर्ष समितिको तोडफोड र आगजनीको कुनै योजना नरहेको स्पष्ट पारे । नौ दिनदेखि थरुहट थारुवान संघर्ष समितिले तराईका २२ जिल्लामा बन्दको आह्वान गरेको छ ।

तर संयुक्त थारु संघर्ष समितिले भने ट्रकमा आगो लगाउनेहरु आफ्ना कार्यकर्ता नभएको प्रतिक्रिया दिएको छ । संयुक्त थारु संघर्ष समितिका संयोजक लाहुराम चौधरीले, शान्तिपुर्ण रुपमा गरेको प्रदर्शनमा धुसपैठ भएकोे र घुुसपैठियाले आगो लगाएर आन्दोलन कमजोर पार्न खोजेको प्रतिक्रिया दिए ।

नौ दिन देखिको बन्द शनिवार दसौ दिनमा आइपुग्दा पनि खुल्न सकेको छैन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More