थलीका प्रहरी इन्चार्ज घूससहित पक्राउ

18 September, 2019 20:50 | जन सरोकार | comments | 12750 Views

महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विपिनचन्द्र पन्त घूससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पन्त पक्राउ परेको पुष्टि गर्दै उनले के प्रायोजनका लागि रूपैयाँ लिइएको भन्ने खुलिनसकेको बताउनुभएको छ ।

यसै गरी अख्तियारले इलाका प्रहरी कार्यालय खैरहनी, चितवनमा कार्यरत प्रहरी नायव निरीक्षक पुष्पा कुमारी के।सी।उपर आरोप(पत्र दायर गरेको छ । केसीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरी बढुवा भएको हुनाले छानविन गरी नक्कली र किर्ते गर्नेलाई कानूनबमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको उजुरी सम्वन्धमा अनुसन्धान हुँदा नक्कल प्रमाणपत्र पशे गरेको खुल्न आएको अख्तियारले जनाएको छ ।

  

अख्तियारका अनुसार निज प्रहरी नायव निरीक्षक पुष्पा कुमारी के।सी।ले विहार इन्टरमिडियट शिक्षा परिषद, पटना भारतबाट प्राप्त इन्टरमिडियट तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदमा बहाल रही लाभ समेत लिएको देखिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर गरेको देखिन आएको हुँदा निज पुष्पा कुमारी के।सी।लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको सजाय हुन मागदावी लिई असोज १ गते बुधबार विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More