थलीमा स्थानीयबासी उत्रिए सडकमा : टायर बालेर बिरोध

8 December, 2019 15:03 | जन सरोकार | comments | 37500 Views

लामो समयदेखि धुलो र हिलोको मारमा परेका चाबहिल-साँखु सडकखण्डका स्थानीयबासी पुनः आन्दोलनमा उत्रिएका छन् । आइतबार सडक निर्माणमा ढिलाइ भएको भन्दै सर्वसाधारणले थलीमा टायर बालेर प्रदर्शन गरेका छन् ।

यसअघि सो क्षेत्रका बासिन्दा पटकपटक सडकमा उत्रिएर विरोध जनाइसकेका छन् । आइतबार सवारी आवागन नै रोकेर सर्वसाधारण सरकारको काम गराईको विरोधमा सडकमा आएका हुन् । यसअघि सरकारसँग भएको लिखित सहमति अनुसार सडक कालोपत्रे नभएको भन्दै स्थानीयबासिन्दाले प्रदर्शन गरेका हुन् ।

  

विहान धुलो मेट्न हालेको पानीले हिलाम्य हुने यहाँका सडक दिउँसो धूलोले नै कुहिरीमण्डल बन्ने गरेका छन् । चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर छ । त्यसमध्ये सानो खण्ड मात्रै कालोपत्रे भएको छ । बाकीँ पुरै सडक कच्ची छन् ।

सडक निर्माणका लागि गिट्टी बालुवा सडकको बीच भागमा आईपुग्दा यो खण्डमा सवारी आवागमन पनि प्रभावित हुँदै आएको छ । विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का दिएको थियो । तर, मुआब्जा विवादका कारण सडक विस्तारको काम केही समय प्रभावित भएपछि सरकारले उपलब्ध सडक सीमामै कालोपत्रे गर्ने निर्णय गरेपछि पनि कामले अझै गति लिएको छैन ।

उता डक विभागले भने पुराना प्रणालीको ढलको समस्याका कारण कालोपत्रे अघि बढाउन समस्या भएको बताउँदै आएको छ । त्यसैगरी अहिले विगतमा स्थानीयले सडकका लागि छाडेको क्षेत्र पनि तारबार गर्न थालेकाले समस्या भएको काठमाडौं सडक विस्तार आयोजनाले जनाएको छ ।

सरकारी पक्षकै दोष देखाएर ठूला ठेकेदारले थपियो एक वर्षको म्याद

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More