थाइल्याण्डको फुकेतमा पर्यटन प्रवद्र्धन थाइल्याण्डको फुकेतमा पर्यटन प्रवद्र्धन

  • थाइल्याण्डको फुकेतमा पर्यटन प्रवद्र्धन
  • थाइल्याण्डको फुकेतमा पर्यटन प्रवद्र्धन
  • थाइल्याण्डको फुकेतमा पर्यटन प्रवद्र्धन
  • थाइल्याण्डको फुकेतमा पर्यटन प्रवद्र्धन
  • थाइल्याण्डको फुकेतमा पर्यटन प्रवद्र्धन
  • थाइल्याण्डको फुकेतमा पर्यटन प्रवद्र्धन

थाइल्याण्डको फुकेतमा पर्यटन प्रवद्र्धन

6 July, 2019 18:23 | कर्पोरेट/पर्यटन | comments | 12300 Views

थाइल्याण्डको फुकेतमा पर्यटन प्रवद्र्धन

थाइल्याण्डको प्रख्यात पर्यटकीय गन्तव्य फुकेतमा शुक्रबार नेपालको संस्कृति तथा पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरियो । व्याङककस्थित नेपाली दूतावासले फुकेतस्थित नेपाली अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घको सहयोगमा गरेको उक्त कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत गणेश ढकालले नेपाल–थाइल्याण्ड द्विपक्षीय सहयोगका अथाह अवसर र सम्भावना रहेका बताउँदै पर्यटन तथा लगानीका निम्ति नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको जानकारी दिनुभयो ।

adsads

ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन, कृषि, खानी तथ खनिजजन्य उद्योगमा प्रविधि हस्तान्तरणसँगै लगानी गर्न थाइ उद्यमी व्यापारीलाई राजदूत ढकालले आग्रह गर्नुभएको व्याङ्ककस्थित नेपाली दूतावासले आज जनाएको छ ।

थाइ विमान कम्पनीलाई उहाँले धार्मिक पर्यटन प्रवद्र्धनमा लाग्न सुझाउँदै निकट भविष्यमा सञ्चालन हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सम्पर्क कायम गर्न आग्रह पनि गर्नुभयो ।

अवैतनिक वाणिज्यदूत प्रनी साकुलपिपातानाले नेपालका पर्यटकीय गन्तव्यबारे पर्याप्त प्रचारप्रसार गर्न आफ्नो देशका पर्यटन व्यवसायीलाई अनुरोध गर्नुभयो । थाइल्याण्डका उच्च सरकारी अधिकारी, उद्यमी, लगानीकर्ता, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको उपस्थितिमा भएको उक्त कार्यक्रममा नेपालका मौलिक कला संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

तीन देशमा बौद्ध धार्मिक पर्यटन प्रवद्र्धन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
थाइल्याण्डको फुकेतमा पर्यटन प्रवद्र्धन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!