थाई राजा थाई राजा

  • थाई राजा
  • थाई राजा
  • थाई राजा
  • थाई राजा
  • थाई राजा
  • थाई राजा

थाई राजाको राज्याभिषेक समारोह सम्पन्न

4 May, 2019 18:40 | विश्व समाचार | comments | 22050 Views

थाई राजा

थाइल्याण्डका राजा महा वजिरालंगकर्णले शनिबार राज्याभिषेक गर्नु भएको छ । बैंककस्थित ग्राण्ड प्यालेसमा जल सेचन गरेर राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुले जनाएका छन् ।

adsads

थाइल्याण्डमा राज्याभिषेकलाई राज्य संचालनको पूर्ण अधिकारका लागि गरिने एउटा महत्वपूर्ण सांस्कृतिक प्रक्रियाको रुपमा लिइन्छ । पवित्र जल राजाको शिरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा संस्कृतिक परम्परा रहेको छ । स्थानीय समयानुसार शनिबार विहान ९ बजेदेखि सुरु भएको राज्याभिषेक समारोहको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । दिउसो १ बजे सम्म समारोह चलेको थियो ।

राज्याभिषेक समारोहमा राज्याभिषेकका लागि राजा वजिरालंगकर्ण रानी सुथिडासहित उपस्थित हुनु भएको थियो । थाई नरेश वजिरालंगकर्णले केही दिन अगाडी मात्रै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गर्नु भएको हो । ६६ बर्षीय नरेशले ४० बर्षीया महिलासँग तेस्रो विहे गरेर उहाँको नाम रानी सुथिडा राखिएको छ ।
अहिले विहे गरेकी महिला राजा वजिरालंगकर्ण युवराज छँदै सन् २०१४ मा अंगरक्षकको समूहमा प्रवेश गर्नु भएको थियो ।

सुथिडाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समय काम गर्नुभएको छ । शाही सुरक्षामा जोडिनु अघि उहाँ थाई एयरलाइन्समा परिचारिका हुनु भएको थियो ।

राजा वजिरालंगकर्णको यसअघि तीन जनासँग विवाह भएपनि तीनै जनासँग सम्बन्ध बिच्छेद भैसकेको छ ।
थाई नरेशले तेस्री श्रीमतीसँग पाँच बर्षअघि १३ बर्ष लामो वैवाहिक सम्बन्धलाई विच्छेद गर्नु भएको थियो । पहिलेका तीन विवाहबाट थाई नरेशका सात सन्तान छन् ।

थाइल्याण्डमा लामो समय राज्य गरेका भूमिवोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उहाँका छोरा वजिरालंगकर्ण राजा बन्नु भएको हो ।थाइल्याण्डमा संवैधानिक राजतन्त्र छ । राजपरिवारलाई थाइहरूले निकै श्रद्धा गर्छन् र उनीहरूसँग शक्ति पनि छ ।थाइल्याण्डमा राजपरिवारको आलोचना गर्न मनाही गरेको कडा कानूनी व्यवस्था छ ।

राज्याभिषेकअघि थाई राजाद्वारा अङ्गरक्षकसँग विवाह- महारानीको उपाधि प्रदान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
थाई राजा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!