असार १४ गते पक्राउ परेका थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत ‘सील’

13 July, 2020 23:48 | जन सरोकार | comments | 22200 Views

जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’ गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सील गरिएको जिप्रका सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा यही असार १४ गते पक्राउ परेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो ।

  

“हिरासतमा राखिएका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदालतको आदेशानुसार यही असार २० गते परीक्षणका लागि उनको स्वाब सङ्कलन गरिएको थियो,” प्रहरी नायब उपरीक्षक घर्तीले भन्नुभयो, “तर ती युवकमा कोरोना सङ्क्रमण पुष्टि भयो । यो सूचना पाउनेबित्तिकै हिरासत कक्ष सील गरेका छौँ ।”

उहाँका अनुसार ती युवकसहित छ जनाको परीक्षण गरिएको थियो र कोरोना पुष्टि भएपश्चात् युवकलाई स्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा आइसोलेशनमा राखिएको छ । उनको सम्पर्कमा रहेका आफन्त र प्रहरीसहित २२ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रदेश अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More