दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण

19 November, 2020 15:24 | विश्व समाचार | comments | 28650 Views

दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ ।

ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने जनाइएको छ । उक्त परीक्षणमा छवटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो । ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो ।

  

ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत यातायातको भीड कम गर्ने र भविष्यको वृद्धि इञ्जिन सुरक्षित गर्ने उद्देश्यका साथ यसलाई सञ्चालनमा ल्याउन लागेको हो । यो शहरी भागमा ट्राफिक व्यवस्थापनका लागि समेत सहयोगी हुनेछ । गत अप्रिलमा ७० केजी चामलको बोरासहित यी हवाई ट्याक्सीको सफलतापूर्वक परीक्षण गरिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More