दशरथ रङ्गशालादशरथ रङ्गशाला

  • दशरथ रङ्गशाला
  • दशरथ रङ्गशाला
  • दशरथ रङ्गशाला
  • दशरथ रङ्गशाला
  • दशरथ रङ्गशाला
  • दशरथ रङ्गशाला

दशरथ रङ्गशालामा हुने भनिएको नेपाल र कुवेतबीचको खेल भूटानमा हुने

8 November, 2019 10:45 |खेल | comments | 2100 Views

    दशरथ रङ्गशाला

    कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिहीबारविज्ञप्ति जारी गर्दै दशरथ रङ्गशालामा खेल नहुने जनाएको हो ।

    adsads

    नेपाल र कुबेतबीचको खेल आगामी मङ्सिर ३ गतेका लागि दशरथ रङ्गशालामा तय भएको थियो । सोही खेल न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रङ्गशालामा हुने एन्फाले जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासङ्घ (एएफसी)ले एन्फालाई खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको थियो ।

    अधिकतम प्रयत्नका बाबजुद नेपाल र कुवेतबीचको खेल दशरथ रङ्गशालामा गराउन नसकेकामा एन्फाले फुटबल समर्थकसँग माफीसमेत मागेको छ । विसं २०७२ को भूकम्पका कारण रङ्गशाला पूर्णरुपमा क्षति भएको थियो । समयमै रङ्गशालाको पुनःनिर्माण हुन नसक्दा खेल खेलाउन असमर्थ भएको एन्फाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    यसअघि विश्वकप छनोटको खेलमा नेपाल कुवेतसँग ७-० गोलले पराजित भएको थियो भने चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । नेपाल अष्ट्रेलियासँग ५-० गोलले तथा जोर्डनसँग ३-० गोलले पराजित भएको थियो ।

    विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    दशरथ रङ्गशाला

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नोरीयो सुकिताते

    फेसबुक

    नोरीयो सुकिताते

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!