दशैंमा घट्यो यस्तो घटना जेठानीको छुरा प्रहारबाट देउरानीको मृत्यु

8 October, 2019 21:36 |जन सरोकार | comments | 2850 Views

    धनुषामा जेठानी र देबरानीबीच भएको विवाद छुरा हानाहान हुँदा देवरानीको ज्यान गएको छ । समाचार अनुसार सामान्य विवादका क्रममा छुरा हानाहान हुँदा २२ वर्षीया सहानी खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    adsads

    घटना जिल्लाको औरही नगरपालिका–१, झिटकैयाको हो । अहमद राइनकी पत्नी २६ वर्षीया सुनौल र अहमदका भाइ विवरण राइनकी पत्नी साहनीबीच विवाद हुँदा छुरा हानाहान भएको थियो । सोमबार राति दुबैबीच घरायसी विवाद भएको थियो । सोही क्रममा जेठानी सुनौलले देवरानी सहानीको शरीरमा अन्धाधुन्ध छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले बताउनुभएको छ ।

    उहाँका अनुसार सहानीमाथि छुरा प्रहार गरेर सुनौलले आफ्नो पेटमा समेत छुरा प्रहार गरेकी थिइन् । उनले आत्महत्या गर्ने प्रयास गरेको आशंका गरिएको छ । डिएसपी कार्कीका अनुसार छुरा प्रहारबाट घाइते भएकी जेठानी–देवरानीलाई उपचारका लागि जनकपुरस्थित काव्या हस्पिटलमा ल्याइएको थियो । तर, उपचारकै क्रममा सहानीको मृत्यु भयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!