दशौं सागमा स्वर्णपदक विजेता कमल जुत्ताका कारण काँस्यमा सीमित

6 December, 2019 22:32 | खेल | comments | 20550 Views

१३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एक मात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारीले कास्य पदकमा सीमित हुनु परेको छ ।

पोखरा महानगरपालिका–१२ माटेपानीमा आयोजित प्रतियोगिताको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कूल २५२ केजी तौल मात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कूल २५२ तौल भार बहन गरेका हुन् ।

  

पाकिस्तानी र श्रीलङ्काका खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लीन एण्ड जर्क दबाबमा परेका थिए । प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १५२ गरी कूल २९२ तौल उठाउँदै स्वर्ण पदक जित्न सफल भएका हुन् ।

यस्तै श्रीलङ्काका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लीन एण्ड जर्कमा १४४ गरी कूल २६३ तौल उठाउँदै रजत पदक प्राप्त गरे । प्रतियोगितामा पहिलो सहभागिता जनाएको भुटानका तर्फबाट वीरबहादुर लिम्बु चौथो भए ।

आजै भएको पुरुष ७३ केजी तौल समूहमा नेपालले अर्को कास्य जित्न सफल भएको छ । नेपालका प्रकाश केसीले कास्य जित्न सफल भएका हुन् । प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन् । भारतीय खेलाडीले स्न्याचमा १३५ र क्लीन एण्ड जर्कमा १६५ गरी कूल ३०० केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् ।

यस्तै पाकिस्तानी खेलाडीले स्न्याचमा १२८ र क्लीन एण्ड जर्कमा १५१ गरी कूल २७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ ११५ र क्लीन एण्ड जर्क विधामा १५० गरी कूल २६५ तौल उठाउन सफल भएको हुन् । प्रतियोगिताअन्तर्गत नेपालले उद्घाटनको दिन एक स्वर्ण र दुई कास्य पदक भित्राइसकेको छ ।

४२ वर्षे कमल सागका लागि अभ्यासमा जान थालेपछि अभ्यासका क्रममा जुत्ता चिप्लिरहन्थ्यो । त्यही कारण भार उठाउन समस्या पारिरहेको थियो । कमलले नयाँ जुत्ता मागे । जवाफमा पाए, ‘अभ्यासै त हो, भएकैले काम चलाऊ नयाँ जुत्ता चाँडै आउँछ ।’

उनी पुरानै जुत्तामा चिप्लिँदै, उठ्दै अभ्यास गरिरहे । प्रतियोगिता सुरु हुन जम्मा ३ दिन बाँकी थियो, जुत्ता आयो । कमलले लगाए, साइज मिलेन । जतिेबला आयो साइज मिलेन । उनी त्यही चिप्लिने जुत्ता लगाएर शुक्रबार बिहानै पोखरा मटेपानीस्थित केसी क्याटरिङ पुगे र जे डर थियो, त्यही भइदियो । जुत्ता चिप्लियो ।’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More