citizenshipcitizenship

  • citizenship
  • citizenship
  • citizenship
  • citizenship
  • citizenship
  • citizenship

दश वर्ष बसेका विदेशी बुहारीलाई नागरिकता दिनुपर्छ’

16 September, 2019 22:31 |राजनीति | comments | 4350 Views

    citizenship

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले पार्टीले सरकार र पार्टीको दुवै काम प्रभावकारी होस् भनेर एक व्यक्ति एक पदको अवधारणा पार्टीले अघि सारेको बताउनुभएको छ । सोमबार आयोजित साक्षात्कारमा उहाँले प्रधानमन्त्रीले पार्टी अध्यक्षको काम छाडेमा सरकारी काम थप प्रभावकारी हुने बताउनुभयो ।

    adsads

    उहाँले नेकपा एमाले र माओवादी केन्दबीचको एकीकरण लम्ब्याएर पार्टीलाई ठूलो क्षति भएको उल्लेख गर्दै पार्टी एकीकरणको बाँकी काम छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले पोलिटब्यूरोको गठनमा ढिलाइ भइरहेकाले यो काम चाँडो गर्नेतर्फ नेताहरुको ध्यान जानुपर्ने चर्चा गर्नुभयो ।

    नेता रावलले माथिल्लो कर्णाली आयोजनाको सम्झौता खारेज गर्न माग गर्नुभयो । राज्य व्यवस्था समितिमा विचाराधीन रहेको नागरिकता सम्बन्धी विधेयकमा नेपाली पुरुषले बिहे गरेर ल्याएका विदेशी बुहारीलाई नेपालमा बसोवास गरेको १० वर्षपछि मात्र नागरिकता दिनुपर्ने सुझाव उहाँको छ । भारतमा समेत विदेशी बुहारीलाई बिहे गरेको सात वर्षपछि मात्र नागरिकता दिने प्रावधान रहेको उल्लेख गर्दै नेपालको भौगोलिक तथा जनसङ्ख्याका अवस्था हेरेर १० वर्षपछि मात्र नागरिकता दिनुपर्नेमा जोड दिनुभयो ।

    विदेशी बुहारी र ज्वाईलाई नागरिकता दिने प्रस्तावमा चर्को मतभेद

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    citizenship

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!