दाइजो नल्याएको निहुँमा भारतमा नेपाली चेलीको हत्या

14 October, 2019 12:34 |जन सरोकार | comments | 7950 Views

    नेपालीसंग विदेशीसंग विवाह गर्ने विदेशी पुरुष र विदेशीसंग विवाह गर्ने नेपाली महिलालाई नेपालको नागरिकता कसरी दिने भन्ने विवाद चलिरहँदा विदेशीसंग विवाह गर्ने नेपालीको सुरक्षाको चिन्ता समेत थपिएको छ । भारतमा एक जना नेपाली चेलीको दाइजोको निहुँमा हत्या भएको समाचार छ ।

    adsads

    समाचार अनुसार विराटनगर महानगरपालिका–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार)को भारतको जोगबनीस्थित भेडयारीमा हत्या भएको हो । उनको शव शव सीमावर्ती बजार जोगवनीदेखि तीन किलोमिटर दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । हत्या भने शुक्रबार नै भएको अनुमान छ ।

    मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले हत्या नै भएको प्रहरीको ठहर छ । दाइजोका कारण रञ्जनाको हत्या भएको भारतको जोगबनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले बताएका छन् ।

    भारतीय प्रहरीले अनुसन्धानका लागि मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!